ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषि विश्वविद्यालयको स्नातकोत्तरको भर्ना स्थगित


admin

चितवन, ११ माघ । कृषि तथा वन विज्ञान विश्वविद्यालय पशुविज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान सङ्कायको स्नातकोत्तर तहको भर्ना स्थगन गरिएको छ ।

विश्वविद्यालयको डिनको कार्यालयले भर्ना गर्ने भनिएको बिहीबार सूचना जारी गरी हालका लागि भर्ना प्रक्रिया स्थगन गरिएको जानकारी दिएको हो ।
गत माघ ५ गते लिइएको प्रवेश परीक्षामा अनियमितता भएको भन्दै प्राध्यापक र विद्यार्थीले विरोध गर्दै तालाबन्दी गरेपछि भर्ना प्रक्रिया स्थगन गरिएको हो ।

सो सङ्कायका डिन डा शारदा थपलियाले प्राध्यापक र विद्यार्थीबाट गुनासो आएपछि हालका लागि भर्ना स्थगन गरिएको बताउनुभयो । भर्ना प्रक्रियामा कुनै अनियमितता नभएको भन्दै उहाँले यस विषयमा विरोध गरिरहनुभएका प्राध्यापक, विद्यार्थीलगायतसँग छलफल गरी उहाँहरुलाई कुरा बुझाएर मात्र भर्ना लिने थपलियाले बताउनुभयो ।

आफूले विरोध जनाएकालाई वार्तामा बोलाएको बताउँदै उहाँले भर्ना प्रक्रिया नियमसम्मत भएकाले कुनै समस्या नहुने उल्लेख गर्नुभयो ।

प्रवेश परीक्षामा अनियमितता भएको भन्दै विश्वविद्यालयकै प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, नेपाल विद्यार्थी सङ्घलगायतले विरोध जनाएका छन् भने नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन र नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनले सो विषयमा छानविन गरी दोषीमाथि कारवाही गर्न माग गरेका छन् ।

चालकको स्वास्थ्य र सवारीको इञ्जीन परीक्षण

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सवारी दुर्घटना बढ्दै गएपछि बिहीबार चालकको स्वास्थ्य परीक्षण र सवारीको इञ्जिन जाँच गराएको छ ।
भरतपुर महानगरपालिका वडा नं १ रामनगरमा आयोजित कार्यक्रममा २०२ जना सवारी चालकको स्वास्थ्य परीक्षण गरिएको छ, जसमध्ये ९९ जनाको मेडिकल र १०३ जनाको आँखा परीक्षण गरिएको हो ।

परीक्षणका क्रममा २० जनामा उच्च रक्तचाप र सात जनामा आँखाको समस्या देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

गौतमका अनुसार ९७ वटा सवारीको इञ्जिन परीक्षण गरिएको थियो । परीक्षणका क्रममा सवारीसाधनमा बे्रक आयल कम, प्रेसर कम, मोबिल चुहिनेलगायतका समस्या देखिएको थियो ।

चालकमा समस्या देखिएकालाई अस्पतालमा गएर उपचारपछि मात्र सवारी चलाउन निर्देशन दिइएको र सवारीमा समस्या देखिएकालाई मर्मतपश्चात् मात्र सञ्चालनमा ल्याउन भनिएको गौतमले जानकारी दिनुभयो ।

भरतपुर अस्पताल, भरतपुर आँखा अस्पताल, यातायात व्यवस्था कार्यालय भरतपुर र अटो मेकानिकल्स व्यवसायी सङ्घको संयुक्त सहकार्यमा कार्यक्रम गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटना, दुई डीएसपीसहित ५ जना घाइते

रुकुम २८ साउन, । रुकुम (पूर्व) मा नेपाल प्रहरीको गाडी पल्टिँदा दुई प्रहरी नायव उपरीक्षकसहित पाँचजना घाइते भएका छन् । घाइते हुनेमा नेपाल प्रहरीका प्रहरी

मुलुकलाई काँग्रेस र कम्युनिष्टको चक्रब्यूहबाट बाहिर निकाल्नुपर्छ : राजेन्द्र लिङ्देन

२८ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई काँग्रेस र कम्युनिष्टको चक्रब्यूहबाट बाहिर निकाल्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा

भरपुर मनोरञ्जन दिने संसदभित्रका दृश्य (फोटोफिचर)

काठमाडौं, २८ साउन । संसदीय मर्यादालाई संसारभर उच्च गरिमाका साथ हेरिन्छ । सासंदहरुले अमर्यादित क्रियाकलाप गर्नुलाई देशकै लज्जाको विषय मानिन्छ । यस्ता क्रियाकलापले संसदीय मर्यादाको

सम्बन्धित

गोसाइँकुण्डबाट फर्कनेक्रममा लेक लागेर बेहोस भएका तीन जनाको सकुशल उद्धार

मुग्लिन नजिकै त्रिशूलीमा ट्रक खस्यो

गडरीया दम्पतीको हत्यामा अर्का युवापनि सामेल भएको खुलास

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था सुधारोन्मुख

छोरीको प्रेमीलाई घरमै बोलाएर बाबुले गरे कुटपिट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...