काठमाडौं, ११ माघ । अखिल नेपाल पेट्रोलियम मजदूर संघले नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेललाई स्वागत गरेको छ।
मजदूरहरूले बुधवार नेपाल आयल निगमको केन्द्रीय कार्यालय पुगेर कार्यकारी निर्देशक पौडेललाई बधाई तथा शुभकामना दिएका थिए।
कार्यकारी निर्देशकले मजदूरसंगको भेटमा आफूलाई बधाई दिनुभएकोमा धन्यवाद दिनु भयो साथै आफूलाई निगमको बारेमा अहिले धेरै थाहा नभएपनि निजामति कर्मचारी हुदै संस्थान हरूको राम्रो अनुभव संगाल्दै यहासम्म आइपुग्दा आफूलाई श्रम एेन,सामाजिक सूरक्षा ऐन,लगायतका सेवा सुविधा कार्यन्वयन गर्ने सवैको दाइत्व रहेको भन्दै आफ्नो तर्फवाट सधै मजदूरहरूलाइ सहयोग रहने समेत प्रतिबद्धता समेत जाहेर गर्नु भयो।
अखिल नेपाल पेट्रोलियम मजदूर सघका केन्द्रिय अध्यक्ष शिव पोख्रेलको नेतृत्वमा भएको भेटघाटमा मजदूरहरूलाइ व्यवसायीहरूले श्रम एेन, सामाजिक सूरक्षा ऐन, वढ तलव , लगायतका सेवा सुविधा नदिएको र उक्त अधिकार प्रात्तिको निम्ति जस्तोसुकै आन्दोलनको नेतृत्व लिन संघ पछि नपर्ने समेत जानकारी गराइएको थियो।
प्रतिक्रिया दिनुहोस्