ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नगरपालिकाले ग¥यो नाम परिवर्तन


admin

काभ्रेपलाञ्चोक, ९ माघ । करीब दुई वर्षपछि मण्डन देउपुर नगरपालिकाले आफ्नो नाम परिवर्तन गरी ‘नगरकोट मण्डन देउपुर नगरपालिका’ राखेको छ । मङलबार कुन्ताबेंसीमा सम्पन्न हिउँदे नगरसभाले नपाको नाम परिवर्तन प्रस्ताव पास गरेको आज बनेपामा अयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

पर्यटकीयस्थल नगरकोटको नाम विश्वमै परिचित भएको तथा आफ्नो क्षेत्राधिकारभित्र पर्ने भएकाले नपाको साविक नाममा नगरकोट थपिएको नगरप्रमुख टोकबहादुर तामाङले बताउनुभयो ।

नगरप्रमुख तामाङले भन्नुभयो, “नगरकोटका ७५ प्रतिशत होटल हाम्रो क्षेत्राधिकारभित्र पर्दछ, यसकारण पनि नामकरण गर्ने माग भएअनुसार नगरकोट थप्यौँ ।” उहाँका अनुसार नगरपालिका घोषणापछि तत्कालीन दलीय संयन्त्रले लामो समयको विवादकाबीच नपाको नाम मण्डन देउपुर नगरपालिका राखिएको थियो ।

“नपाको नयाँ नाम पारित भयो, अनुमति माग्न प्रदेश र केन्द्रीय सरकारसँग अनुमति मागिसकेका छौँ”, नगरप्रमुख तामाङले भन्नुभयो । काभ्रेपलाञ्चोकमा छ वटा नपा र सात वटा गाउँपालिका छन् ।

यस नपासँग नगरकोटमा भक्तपुरको चाँगुनारायण नपा जोडिएको छ । व्यावहारिकरुपमा नगरकोट ‘पानीढलो’ सीमाङ्कन भन्दै आइएको छ । नयाँ नामाङ्कित नपा नगरकोट मण्डनदेउपुर नपाले प्रदेश नं ३ सरकारसँग नगरकोट तथा सिन्धुपाल्चोकसँग जोडिएको इन्द्रवती नदीको सीमाङ्कन गरिदिन आग्रह गरेको छ ।

नगरसभाले करको दायरा पनि बढाएको सम्मेलनमा जानकारी दिइयो । नपाको सभाले करको दायरामा क्रसर उद्योग दर्ता तथा नवीकरणमा रु ११ लाख, इँटा उद्योग दर्ता तथा नवीकरणमा रु आठ लाख, ढुङ्गा खानी दर्ता तथा नवीकरणमा रु सात लाख, बालुवा खानी दर्ता तथा नवीकरणमा रु पाँच लाख शुल्क लाग्ने पारित गरेको छ ।

नयाँ नामाङ्कित नपा नगरकोट मण्डनदेउपुर नपाभित्र दर्ता एवं सञ्चालित होटलको कर सङ्कलन गर्न विभिन्न वर्गमा राखेर वर्गीकरण गर्न कार्यदल पनि गठन गरेको छ ।

नगरसभाले माथिल्लो तामाकोशी आयोजनाको ४०० केभी प्रसारण लाइन नपाको घटाबस्तीमाथि रहेकाले रुट परितर्वत गर्न मेलम्ची आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई रोयल्टीबापत ५० प्रतिशत रकम जनसङ्ख्याका आधारमा नपा तथा गाउँपालिकालाई उपलब्ध गराउन सम्बन्धित निकायमा मागगर्नेलगायत १६ वटा प्रस्ताव पास गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com