काठमाडौं, ९ माघ । पश्चिमी वायुको प्रभावले देशका अधिकांश भागमा वर्षा भइरहेको छ । काठमाडौंमा बुधबार ५.५ मिलिलिटर पानी परेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट आइतवारदेखि सुरु वर्षा गएरातिदेखि देशका मध्य तथा पूर्वी भागसम्म फैलिएको छ ।
यो प्रणाली बुधवार रातिसम्म कायम रहने मौसमविद्हरुको अनुमान छ । पश्चिमी वायुको प्रभाव देशको मध्य तथा पूर्व भागमा आज रातिसम्म वर्षा हुने देखिएको छ, मौसमविद्का दिउँसो केही समय वर्षाको क्रम रोकिए पनि बेलुकीपखबाट यसले पुनः निरन्तरता पाउने सम्भावना छ ।
पानी परेकाले अधिकतम तापक्रम घट्ने छ र जाडो बढ्ने छ । काठमाडौं उपत्यकाको तापक्रम यस वर्ष शून्यसम्म पुगेको छ । पानी परेकाले जाडो बढ्ने भए पनि शून्यभन्दा तल भने नझर्ने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्