ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेविसङ्घको जिल्ला अधिवेशनमा काङ्ग्रेसका नेताबीच कुटाकुट


admin

ओखलढुङ्गा,७ माघ । नेविसङ्घको जिल्ला अधिवेशनको विषयलाई लिएर काङ्ग्रेसका नेताबीच कुटाकुट भएको हो ।

आज बिहान ११ बजे नेविसङ्घको १२औँ जिल्ला अधिवेशन उद्घाटनको कार्यक्रम थियो । अधिवेशनमा सहभागी हुन पार्टीका जिल्लास्थित अधिकांश नेता, कार्यकर्ता र नेविसङ्घका विद्यार्थी नेता कार्यक्रम स्थलमा पुगेका थिए । तर अधिवेशन शुरु हुनुअघि कार्यक्रममा आशन र भाषण गर्न कसलाई दिने वा नदिने भन्ने विषयमा विवाद भएको थियो ।

पार्टी सभापति शेरबहादुर देउवा पक्षले चुनावका बेला पार्टीलाई अन्तरघात गरेको आरोप लागेका नेतालाई आशनग्रहण नगराउने बताएको थियो भने रामचन्द्र पौडेल पक्षधरले सबैलाई समेटेर जान भनिरहेको थियो ।

विवादकैबीच नेविसङ्घका जिल्ला अध्यक्ष प्रदीप बानियाँले औपचारिक कार्यक्रम शुरु गर्न निर्देशन दिनुभयो । जिल्ला समन्वय समितिको सभाकक्षमा अधिवेशनको औपचारिक कार्यक्रम शुरु भएलगत्तै कार्यक्रम रोक्न माग गर्दै बाहिर रहेका नेता कार्यकर्ताले चर्को नारा लगाए ।

केन्द्रीय प्रतिनिधिलाई समेत बाहिर राखेर गरिएको अधिवेशन मान्य नहुने पौडेल पक्षधरको माग थियो । जिल्ला सभापति प्रदीप सुनुवारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीले कारवाहीका लागि सिफारिश गरिएको भनिएका नेताहरुलाई प्रवेश गर्न दिइएको थिएन ।

नाराबाजी गर्दै कार्यक्रम स्थल पुगेका पौडेल पक्षधर नेताले जबर्जस्ती कार्यक्रम रोक्न माग गरेपछि कुटाकुटको स्थिति सिर्जना भएको हो । सो क्रममा ओखलढुङ्गा काङ्ग्रेसका पुराना नेता बालकृष्ण दाहालसहित पौडेल पक्षका दर्जनौँ नेता कार्यकर्ता कुटिएका छन् ।

कार्यक्रम रोकेर सहमतिमा अघि बढ्न माग गर्दै कार्यक्रमस्थल पुगेका नेता दाहाललाई कार्यक्रमका सभापतिसमेत रहेका नेविसङ्घ अध्यक्ष प्रदीप बानियाँ र पार्टीका जिल्ला उपसभापति तेजेन्द्र खनालले मुक्का प्रहार गर्दा चस्मा फुटेको छ ।

त्यस्तै नेत्री गोमा केशीले आफूलाई जिल्ला सभापति प्रदीप सुनुवारले कुटेको भन्दै प्रहरीलाई गुहारिन् । कार्यक्रम स्थलमा पुगेर टेबल उचाल्ने प्रयास गरेकी नेत्री केसीलाई सभापति सुनुवारले हुत्याएका थिए । त्यसबीचमा दुवै पक्षका नेता, कार्यकर्ताबीच होहल्ला र कुटाकुट भएको थियो ।

दाहाल अस्पताल भर्ना 

कार्यक्रममा कुटिएका नेता दाहाल अस्पताल भर्ना भएका छन् । टाउकामा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको काङ्ग्रेस नेता लीलाबल्लभ दाहालले बताउनुभयो ।

“शहीदका पुत्र काङ्ग्रेसको इतिहास बोकेको मान्छे कुटिनुभयो, उहाँलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ”, दाहालले भन्नुभयो ।

जिल्ला अधिवेशन जारी 

केन्द्रीय प्रतिनिधि र असन्तुष्ट पक्षको बहिस्कारकाबीच नेविसङ्घ जिल्ला अधिवेशन जारी छ । केन्द्रीय प्रतिनिधि नेविसङ्घका केन्द्रीय सदस्य पवन नेपालीले पार्टीको हस्तक्षेपका कारण अर्को निर्णय नहुँदासम्मका लागि अधिवेशन स्थगन भएको विज्ञप्ति जारी गरेका छन् ।

पार्टीभित्रको समस्या देखाएर नेविसङ्घमा हस्तक्षेप गरेकाले अधिवेशन स्थगन गरिएको नेपालीले बताउनुभयो । सभापति देउवा पक्षधरका नेता र नेविसङ्घका करीब आधाजति प्रतिनिधिले अधिवेशनलाई निरन्तरता दिएका छन् ।

उद्घाटनसत्र आज सकेर मङ्गलबार बन्दसत्रबाट नयाँ नेतृत्व टुङ्ग्याउने नेताहरुको तयारी छ । नेविसङ्घको विधानविपरीत पार्टीले ठाडो हस्तक्षप गरेका कारण समस्या उत्पन्न भएको नेता लीलाबल्लभको भनाइ छ ।

पार्टी प्रवक्ता राजकुमार ढुङ्गानाले भन्नुभयो– पार्टीले अन्य कुरामा हस्तक्षेप नगरेको तर कारवाही गरिएका नेताहरुलाई आशन र भाषण नदिने अडान लिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com