धनगढी, ७ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशका समाचारलाई पनि स्थान दिन केन्द्रीय सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ ।
अन्नपूर्ण मिडिया नेटवर्कको आज यहाँ स्थापना भएको ब्यूरो कार्यालयको उद्घाटनमा उहाँले भन्नुभयो, “धेरै पत्रपत्रिकामा सुदूरपश्चिम प्रदेशका समाचारलाई केन्द्रीय मिडियाले प्राथमिकता दिने गरेको देखिएको छैन ।”
राजनैतिक परिवर्तनपछि भएका उपलब्धि जोगाउनेतर्फ पनि सञ्चारमाध्यमले भूमिका निर्वाह गर्नुपर्नेमा बताउँदै उहाँले प्रदेश सरकारले मिडिया मैत्री कानून निर्माण गर्न लागेको जानकारी गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्