ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घरआँगनमै सरकारः सङ्घीयताको उपलब्धि हुँदै


admin

 वीरगन्ज, ७ माघ । पश्चिमी पर्सास्थित ठोरी गाउँपालिका–४ बस्ने मोहन श्रेष्ठकी छोरी कृतिले सर्वसुलभ तरिकाबाट वंशजको नागरिकता पाउँदा घरआँगनमै सरकार आएको भनी खुशी ब्यक्त गरेकी छन् ।

विसं २०६३ यता आफनो अधिकारका लागि भएको तीन चरणको मधेश आन्दोनलको उपलब्धिका रुपमा घरआँगनमै सरकार आएपछिको परिणाम कृतिले घरदैलामा आधाघण्टामै वंशजको नागरिकता पाउनु हो ।

बलिदानीपूर्ण सङ्घर्षको यात्राबाट सङ्घीयता व्यावहारिक रुपमै संस्थागत भएपछि पश्चिमी पर्साको सुगम गाउँका मानिस मात्र नभएर अतिविकट तथा दुर्गम गाउँका बासिन्दासमेत खुशी छन् ।

विसं २०७२ मा तत्कालीन सरकारले गरेको निर्णयानुसार हालै जिराभवानी गाउँपालिका, सुपौली गाउँमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि त्यस भेगका ठोरी, जगरनाथपुर, जिराभवानी तथा पटेर्वा सुगौली गाउँपालिकाका करीब एक लाख जनताले घरआँगनबाटै सेवा सुविधा लिन थालेको निर्मलबस्तीका लालबहादुर श्रेष्ठले बताउनुभयो ।

स्थानीय नेकपाका नेता भोला महतो थारु भन्नुहुन्छ,“मधेशको विकासँग जोडिएको मुद्दालाई वर्तमान सरकारले प्राथमिकतामा राखेर अगाडि बढिरहेकाले नै आज पर्साको घरआँगनमा जनताले सेवा सुविधा पाइरहेका छन् । ”

नागरिकतालगायत सेवासुविधा प्राप्त गर्न घर अगाडि नै इलाका प्रशासन कार्यालय स्थापना भएपछि पहिचानसहितको सङ्घीयताको जग बलियो हँुदै गएको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ बताउनुुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “लामो समयसम्म विकास नपाएका जनताले स्थानीय निर्वाचनपछि घरआँगनमै सेवासुविधा पाउनु सङ्घीयताको उपलब्धि हो ।”

इलाका प्रशासन कार्यालय स्थापना भएपछि सदरमुकाम वीरगञ्जबाट करीब ४२ किलोमिटर पश्चिम दुर्गममा रहेको ठोरी गाउँपालिकाका बासिन्दा छोटो समयमा सबै सुविधा लिएर एकै दिनमा घर फर्किने अवस्था आएको ठोरी ५ सुवर्णपुरका वडाध्यक्ष रामबहादुर पाख्रिनले बताउनुभयो ।

लामो समयदेखि सो भेगका बासिन्दा वृद्धभत्ता, जन्मदर्ता, विवाहदर्ता, विधवा भत्ताजस्ता सुविधाबाट वञ्चित हुँदै गएकामा अब आफ्नै घरआँगनबाट नागरिकतालगायत सेवासुविधा पाउन थालेकाले गाउँमै सिंहदरबार आएको जिराभवानी गाउँपालिकाका अध्यक्ष रामप्रीत थारुको भनाइ छ ।

देशमा सङ्घीयता आएपछि मधेशी जनता करदाताबाट मतदाता हुँदै अहिले नेतासम्म बनेका छन् भने राजनीतिक चेतनास्तर र विकास घरघरमा पुगेको देखिन्छ । पर्सा जिल्लामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ स्थानीय तह छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com