ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई नम्बर प्रदेशमा एमाले पाँचौ दलमा सिमित


admin

काठमाडौं, ८ असोज । प्रदेश नम्बर दुईको स्थानीय तह निर्वाचन अन्तर्गतको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ ।
अहिलेसम्को मतपरिणामअनुसार नेपाली कांग्रेसले ३७ स्थानीय तहमा जित हासिल गर्दै पहिलो स्थानमा छ । दोस्रौ स्थानमा राष्ट्रिय जनता पार्टी नेपाल रहेको छ ।

राजपाले २४ स्थानीय तहमा जित हासिल गरेको छ । संघीय समाजवादी फोरम २३ स्थानीय तहमा जित हासिल गर्दै तेस्रो र नेकपा माओवादी केन्द्र २० स्स्थनीय तहमा जित हासिल गर्दै चौथो दल बनेको छ ।

पहिलो र दोस्रो चरणको निर्वाचनमा पहिलो दल बनेको नेकपा एमाले भने तेस्रो चरणको निर्वाचनमा पाँचौ दलमा सीमित भएको छ । अहिलेसम्म एमालेले १७ स्थानीय तहमा मात्र जित हासिल गरेको छ ।

मतपरिणाम अनुसार नेपाली कांग्रेसले २० नगरपालिका, १३ गाउँपालिकामा विजयी हासिल गरेको छ ।

दोस्रो स्थानमा रहेको राष्ट्रिय जनता पार्टी नेपालले ११ नगरपालिका, ११ गाउँपालिका र १ उप–महानगरपालिकामा जित हासिल गर्न सफल भएको छ ।

तेस्रो स्थानमा रहेको संघीय समाजबादी फोरम ७ नगरपालिका, १५ गाउँपालिकामा विजयी भएको छ भने चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १० नगरपालिका, १० गाउँपालिकामा जित हासिल गरेको छ ।

पाँचौ स्थानमा रहेको नेकपा एमालेले भने १० नगरपालिका, ६ गाउँपालिका र १ उप–महानगरपालिका सहित १७ स्थानीय तहमा विजयी हासिल गरेको छ ।

तराई क्षेत्र नै आफ्नो मुख्य थलो भएको नेपाल लोकत्रान्त्रिक फोरमले १ नगरपालिका र २ गाउँपालिका मात्र जित हात पारेको छ । यस्तै, नेपाली जनता दलले २ र नयाँ शक्ति नेपालले १ स्थानीय तहमा जित हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

सि जिनपिङबाट ल्याटिन अमेरिकी नेताहरुलाई बेइजिंगमा सम्वोधन, लगानी बढाउने प्रतिवद्धता

सम्बन्धित

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की नियुक्त

शिक्षकलाई शिक्षामन्त्री पन्तले बोलाए वार्तामा

सामाजिक सञ्जालमा ट्राफिक प्रहरीबाट सर्वसाधारण निर्घात कुटपिट भएको भिडिओ सार्वजनिक

शिक्षक आन्दोलन आज पनि निरन्तर, ऐन जारी नभएसम्म नफर्किने अडान

इलिमिनेटरमा जितसहित पोखरा दोस्रो क्वालिफायरमा, चितवन बाहिरियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com