ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले ग¥यो ‘राजस्व न्यायाधिकरणबारे ऐन’ संशोधन गर्ने तयारी


admin
माघ ४, २०७५ शुक्रबार   ४ : ३७   बजे

काठमाडौं,४ माघ । सरकारले ‘राजस्व न्यायाधिकरणसम्बन्धि ऐन’ संशोधन गर्ने तयारी गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले कर असुलीसम्बन्धि अदालतमा परेको मुद्दा छिटो फैसला गर्ने व्यवस्था गर्न सरकारले राजस्व न्यायाधिकरण सम्बन्धि ऐन संशोधन गर्ने तयारी गरेको बताउनु भएको हो । उहाँले त्यस सम्बन्धमा प्रधानन्यायाधिश चोलेन्द्रशमशेर राणासँग आवश्यक छलफल गरिएको पनि बताउनु भयो ।

दूर संचार सेवा प्रदायक संस्थाहरुले करोडौंको कर छली गरेको विषयमा छलफल गर्न शुक्रबार संघीय संसदको अर्थ समितिको बैठकमा सहभागी हुनु भएका अर्थमन्त्री खतिवडाले अदालतमा मुद्दा दिने र त्यसको फैसलामा ढिलाई हुँदा पनि कर असुलीमा समस्या पर्ने गरेको उल्लेख गर्दै त्यसलाई कसरी हटाउने भन्ने विषयमा पनि सरकारले कानुनमै आवश्यक संशोधन गर्न लागेको स्पष्ट पार्नु भयो ।

बैठकमा समितिका सदस्यहरुले दूर संचार सेवा प्रदायक संस्थाहरुको कर असुली गर्न नसकेको भन्दै सरकारको आलोचना गरेपछि अर्थमन्त्री खतिवडाले यसमा अदालती झन्झट पनि हुने गरेको भन्दै त्यसो हुन नदिन आफूले कानुनीमै संशोधन गर्ने तयारी गरेको बताउनु भयो ।

उहाँले दोहोरो करमुक्ति सम्बन्धि प्रावधानले पनि कर असुलीमा समस्या परेको उल्लेख गर्दै समाधान गर्दै अघि बढने प्रतिवद्धता पनि समितिमा व्यक्त गर्नु भएको थियो ।

बैठकमा समितिका सदस्यहरुले एनसेलले कर छली गरेको विषयमा सरकारको गम्भिर ध्यानाकर्षण गराउँदै तत्काल असुली गर्न ठोस कदम चाल्न पनि सचेत गराएका थिए ।एको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

असार १ भित्र बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार सातै प्रदेशको बजेट आज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group