ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्रोइलरकै भरमा माघेसङ्क्रान्ति


एबीसी न्यूज
माघ १, २०७५ मंगलबार  १० : २५ बजे

गलेश्वर, १ माघ ।   माघेसङ्क्रान्ति तरुल, सखरखण्ड, चाकु, खिचडी र कन्दमूल खाएर मनाइने पर्व हो । पछिल्लो समय म्याग्दीका ग्रामीण क्षेत्रमा तरुल र कन्दमूल पाइन छोडेपछि गाउँलेले ब्रोइलर कुखुराको मासु र भात खाएर माघेसङ्क्रान्ति मनाउन थालेका छन् ।

शहरमुखी प्रवृत्तिका कारण खेती गर्ने, बारी, कान्ला र खोरियामा तरुल, सखरखण्डलगायत कन्दमूल लगाउने जनशक्ति अहिले गाउँमा छैन । अध्ययन, जागिर र वैदेशिक रोजगारीको बहानामा युवाले धमाधम गाउँ छोड्दैछन् भने पाको पुस्तासँग पनि पहिलेको जस्तो खेतबारीमा खनीखोस्री गर्ने, कन्दमूल लगाउने, खेतबारीका गह्रा र कान्ला मिलाउने, उकास्ने जाँगर मर्दै गएका कारण ग्रामीण भेगमा पहिलेदेखि हुने र पाइने गरेका फलफूल र कन्दमूल लोप हुँदै गएका छन् ।

“गाउँगाउँमा डोजर छिरेपछि र व्यावसायिक खेतीको शुरुआत भएपछि तरुल र कन्दमूल लगाउने चलन हराउँदै गयो,” बेनी नगरपालिका–२ का ७९ वर्षीय बेदप्रसाद शर्माले भन्नुभयो, “पहिले पहिले माघेसङ्क्रान्ति आउनुभन्दा ८/१० दिन अघिदेखि नै गाउँमा तरुल र सखरखण्ड खन्ने गर्दथे, डोकाका डोका तरुल र सखरखण्ड निकालिन्थ्यो । अहिले सबै एकादेशका कथा जस्तै भए ।”

गाउँमा अहिले व्यावसायिक तरकारीखेती, फलफूल खेती र पशुपालन फष्टाउँदै गएको भए पनि परम्परागत कृषि, चाडपर्व मान्ने तथा संस्कृतिको अनुशरण गर्ने पद्धतिमा परिवर्तन देखिएको छ । पढेलेखेका र जागिर व्यवसायमा लागेका युवा आधुनिक संस्कृति, रहनसहन र खानपानमा अभ्यस्त हुँदै गएपछि पराम्परागत संस्कृति, रहनसहन र खानपानका तौरतरिका तथा परिकार लोप हुँदै गएको बूढापाकाको भनाइ छ ।

“युवायुवती तरुल, भ्याकुर, गिठ्ठा र सखरखण्ड खान रुचाउँदैनन्, न त उनीहरुलाई तरुल सखरखण्ड खन्ने जाँगर नै छ, हामीले यी चिजको महत्वका बारेमा बुझाउन सकेका छैनौँ,” खबराका भद्रबहादुर कार्कीले भन्नुभयो, “तरुलको ठाउँ अहिले ब्रोइलर कुखराको मासुले पो लियो, न खोज्नको झण्झट न खन्नको ।”

बिहानै बेनी बजारबाट कुखुराको मासु किन्दै गर्नुभएका स्थानीयवासी प्रेम शाहीले पसलमा ताजा र राम्रो तरुल नपाइएको र आयातीत तरुल पनि अत्यन्त महँगो भएकाले माघे सङ्क्रान्ति ब्रोइलर कुखुराको मासुले नै टार्न बाध्य हुनुपरेको बताउनुभयो । “आज त खिर्चो, साँधेको पिँडालु, उसिनेको सखरखण्ड, तरुलको तरकारी र भाँगोको अचार खाएर माघेसङ्क्रान्ति पर्व मनाउने इच्छा थियो”, उहाँले भन्नुभयो, “अहिले यी चिज गाउँमा त पाइन छोडे, शहरको त के कुरा !”

विगतका वर्षको तुलनामा अहिले बजारमा तरुल थोरै मात्रामा आएको छ भने माग पनि कम रहेको तरकारी व्यवसायी बताउँछन् । “गाउँबाट तरुल आएकै छैन, तराईबाट आएको तरुल हो,” बेनीबजारका तरकारी व्यवसायी प्रवाश रेग्मीले भन्नुभयो, “चौध किलो तरुल राखेको हुँ, पाँच किलो पनि बिक्री भएको छैन ।” मासु पसलसँगै तरकारी बिक्री गर्दै आउनुभएका रेग्मीले तरुलको तुलनामा मासुको बिक्री ८० गुणा बढी रहेको बताउनुभयो ।

तरुलमात्रै होइन माघेसङ्क्रान्तिमा खानै पर्ने परिकार खिर्चो (खिचडी) पनि खान छोडिएको छ । खिर्चो बनाउनका लागि अनिवार्य मानिने मास गाउँघरमा पाइन छोडेको छ । जिल्लामा मासको उत्पादन अत्यन्त कम हुने हुँदा बजारमा मास सहजरुपमा पाइँदैन । बाहिरबाट आएको मास किनेर खिर्चो खानुपर्ने बाध्यता रहेको स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुबई नजिक तेल ट्यांकरमा इरानको आक्रमण, इजरायलले ‘हप्तौँसम्म’ युद्ध जारी राख्ने चेतावनी

ओली पक्राउविरुद्ध एमालेको देशव्यापी आन्दोलन, वैशाख १२ मा काठमाडौंमा सभा

सम्बन्धित

प्रधानमन्त्रीको अफिसियल फोटो एक दिनमा दुईपटक जारी , के हटाइयो ?

दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

प्रहरीले जाँच गर्दा भागेका युवा कालीगण्डकीमा हाम फालेर बेपत्ता

लेबननमा भएको आक्रमणमा तीन जना शान्ति सैनिकको मृत्यु

कांग्रेस विभाजनको बाटोमा

संविधान संशोधनका लागि कार्यदल गठन, सदको दुवै सदनको अधिवेशन चैत १९ गते बोलाउन सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com