ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज माघे संक्रान्ति पर्व , विभिन्न समुदायले विभिन्न नाममा धूमधामका साथ मनाउँदै


एबीसी न्यूज


काठमाडौँ, १ माघ ।  नेपाल बहुल जाति, धर्म, भाषा, संस्कार एवं सस्कृति भएको मुलुक हो । यही विविधता नै नेपालको पहिचान हो । यी विविधताभित्र पनि एकता रहेको छ । ती मध्येको एक हो माघे संक्रान्ति । यस पर्व विभिन्न समुदायले विभिन्न नाममा धूमधामका साथ मनाएका छन् ।

माघे संक्रान्तिको विविध महत्व रहेको छ । नेपालमा रहेका विभिन्न समुदायपिच्छे माघे संक्रान्तिले धार्मिक, संस्कृति तथा ऐतिहासिक महत्व बोकेको छ । माघे संक्रान्तिलाई मगरहरुले माघे सकराती पर्वका रुपमा मनाए भने तराईका थारु समुदायले माघी पर्वको रुपमा मनाएका छन् । हिन्दूहरुले मकर संक्रान्तिको रुपमा मनाउने यो पर्व लिम्बूहरुे कक्फेक्वा तङनामको रुपमा मनाएका छन् । यस्तै, गुरुङदेखि राउटे समुदायसम्मले यो चाड हर्षोल्लासका साथ मनाएका छन् ।

माघे संक्रान्तिको दिन नदीमा गएर नुहाउदा पाप कटी पूण्य प्राप्ति हुने जनविश्वास रहेको छ । पूर्वको प्रशिद्ध नदी सप्तकोशी, कन्काईलगायत नदीमा नुहाउन दर्शनार्थीको भीड लागको छ । सप्तकोशीमा सुनसरी र सप्तरी जिल्लाका साथै भारतको बिहारसम्ममा मानिसको भीड लागेको छ । सुनसरी, धनकुटा र उदपुरको संगम स्थल सप्तकोशी नदी र कोकाहाखोलाको त्रिवेणीमा पनि मकर नुहाउनेहरुको घुइचो लागेको छ । झापास्थित कनकाई नदी किनारमा माइबेनी मेला लागेको छ ।

यसैगरी पवित्र तीर्थस्थल चितवनको देवघाटधाममा माघे संक्रान्ति मेलामा भक्तजनको घुइचो लागेको छ । त्यहा नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत भक्तजन आएर स्नान र पूजाआजा गरेका छन् । देवघाटमा स्नानगरी पूजा गर्नाले मोक्ष मिल्ने र मनोकामना पूरा हुने विश्वास रहेका छ । आइतबार आएका भक्तजन रातभर भजनकीर्तनसहित धुनी लगाई जाग्राम बसेर बिहान नै नुहाएर पूजाआजामा सक्रिय भएका थिए । परापूर्वकालदेखि नै देवघाटमा यो समयमा विशेष मेला लाग्दै आएको छ ।

माघे सक्रान्तीको अवसरमा पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल रुरु क्षेत्र धाम रिडीमा धार्मिक मेला लागेको छ । उक्त क्षेत्र धाममा भक्तजनहरुले बिहानैदेखि कालीगण्डीमा स्नान गरी पूजापाठ गरेका छन् । कालीगण्डकीमा स्नानको लागी पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाची, रुपन्देही, कपिलबस्तु, पर्वत, कास्की, गोरखा, लगायतका स्थानबाट भक्तजन पुगेका छन् ।

कालीगण्डकी नेपालकै महत्वपुर्ण धार्मिक नदी भएकाले भारतका विभिन्न शहर बाट समेत स्नानको लागि भक्तजनहरु रुरु क्षेत्र धाम रिडिमा पुगेका छन् । यहा स्नानका लागि पहिलो दिन जान नसकेका भक्तजन दोस्रो दिन, दोस्रो दिन जान नसकेका भक्तजन तेस्रो दिन जाने परम्परा रहेकाले जेठी, माईली र कान्छी सक्रान्तीको रुपमा धार्मिक मेला लाग्दै आएको छ । चार धाममध्येको एक धामको रुपमा परिचित रुरु क्षेत्र धाम रिडिमा कालीगण्डकीको स्नान गरी हृषिकेश भगवानको दर्शन गरेमा पुन्य प्राप्त गरी स्वर्गमा बास हुने जनविश्वास रहेको छ ।
यसैगरी काठमाडौमा बासोवास गर्ने थारु समुदायले चुचेपाटी र मगर समुदायले टुडिखेलमा विषेश कार्यक्रम गर्दै छन् ।

‘राष्ट्रिय पर्व माघी महोत्सव’का मनाउनका लागि नेपाली सेनाले टुँडिखेल मगर समुदायलाई दिएपछि त्‍यसका लागि झण्डै नौ महिनाअघि विधिवत् आवेदन दर्ता गरेको थारु समुदाय आक्रोसित बनेको छ।

अन्तिम समयमा आएर उक्त थलो मगर समुदायलाई दिइएको थाहा पाएपछि आक्रोशित थारु समुदायले चाबहिलस्थित सानो चुच्‍चेपाटी मैदानमा यस पटकको थारु राष्ट्रिय माघी महोत्सव मनाउने भएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com