ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युएईलाई पराजित गर्दै नेपाली महिला क्रिकेट टिम सेमिफाइनलमा


admin
पुस ३०, २०७५ सोमबार   ७ : ५९   बजे

काठमाडौं,३० पुस । थाइल्याण्डमा जारी महिला टी ट्वान्टी स्म्यास २०१९ क्रिकेट प्रतियोगितामा नेपाल संयुक्त अरब इमिरेटस् (युएई)लाई पराजित गर्दैे सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । नेपालको यो लगातार तेस्रो जित हो । यसअघि नेपालले शनिबार भएको पहिलो खेलमा चीनलाई १० विकेट र आइतबार मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

पहिले ब्याटिङ् गरेको युएईले नेपाललाई १०६ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले १९ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा सिता राना मगरले सर्वाधिक ३७ रनको योगदान दिइन् भने काजल श्रेष्ठले २५ तथा इन्दु बर्माले १३ रन जोडिन् ।

त्यस्तै कप्तान रुबिना क्षेत्री १० रनमा अविजित रहँदा नेरी थापाले ६ रन जोडिन् । बलिङतर्फ युएईकी इशा ओजा, हुमाइरा तास्निम र चमानी सिनेभिरात्नेले समान एक÷एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ६ विकेट गुमाउँदै १०५ रनको योगफल बनाएको थियो । उसका लागि छायाँ मुगालले ३१, इशा ओजाले २८ तथा चमानी सिनेभिरात्नेले अविजित २३ रन जोडिन् । युएईलाई सस्तैमा समेट्ने क्रममा नेपालकी सोनु खड्का, सिता रानामगर र करुणा भण्डारीले एक-एक विकेट लिए ।

जितसँगै नेपालले ३ खेलबाट ६ अङ्क जोडेको छ । नेपालले एक खेल अगावै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । अब नेपालले समूह चरणको अन्तिम खेल बुधबार थाइल्याण्डसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

विश्वकप डायरी : इङ्ग्ल्यान्डको शक्तिशाली सन्देश, घानाको संघर्षपूर्ण जित र पोर्चुगलको अप्रत्याशित ठेस

विश्वकप २०२६ : इन्जुरी समयमा यिरेन्कीको गोल, घानाले पानामामाथि १–० को नाटकीय जित

योआने विस्साले पोर्चुगललाई रोके, डीआर कंगोले ५२ वर्षपछि विश्वकपमा ऐतिहासिक पहिलो अंक जित्यो

केनको दोहोरो प्रहार, बेलिङ्घमको जादु र रासफोर्डको अन्तिम चोट — क्रोएसियामाथि इंग्ल्यान्डको ४–२ को रोमाञ्चक जित

विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो

विश्वकप : मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुआत, अल्जेरियामाथि ३–० को सहज जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group