ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युएईलाई पराजित गर्दै नेपाली महिला क्रिकेट टिम सेमिफाइनलमा


admin

काठमाडौं,३० पुस । थाइल्याण्डमा जारी महिला टी ट्वान्टी स्म्यास २०१९ क्रिकेट प्रतियोगितामा नेपाल संयुक्त अरब इमिरेटस् (युएई)लाई पराजित गर्दैे सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । नेपालको यो लगातार तेस्रो जित हो । यसअघि नेपालले शनिबार भएको पहिलो खेलमा चीनलाई १० विकेट र आइतबार मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

पहिले ब्याटिङ् गरेको युएईले नेपाललाई १०६ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले १९ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा सिता राना मगरले सर्वाधिक ३७ रनको योगदान दिइन् भने काजल श्रेष्ठले २५ तथा इन्दु बर्माले १३ रन जोडिन् ।

त्यस्तै कप्तान रुबिना क्षेत्री १० रनमा अविजित रहँदा नेरी थापाले ६ रन जोडिन् । बलिङतर्फ युएईकी इशा ओजा, हुमाइरा तास्निम र चमानी सिनेभिरात्नेले समान एक÷एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ६ विकेट गुमाउँदै १०५ रनको योगफल बनाएको थियो । उसका लागि छायाँ मुगालले ३१, इशा ओजाले २८ तथा चमानी सिनेभिरात्नेले अविजित २३ रन जोडिन् । युएईलाई सस्तैमा समेट्ने क्रममा नेपालकी सोनु खड्का, सिता रानामगर र करुणा भण्डारीले एक-एक विकेट लिए ।

जितसँगै नेपालले ३ खेलबाट ६ अङ्क जोडेको छ । नेपालले एक खेल अगावै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । अब नेपालले समूह चरणको अन्तिम खेल बुधबार थाइल्याण्डसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com