ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजी क्षेत्रलाई हिमाल भाडामा दिन तयारी , व्यवसायी र सरकारबीच विवाद सुरु (भिडियोसहित)


एबीसी न्यूज


काठमाडौं, ३० पुस ।  नेपाल सरकारले हिमाल आरोहण निजीकरण गर्न लागेको भन्दै समग्र पर्यटन क्षेत्र सशंकित बनेको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चार माध्यमले पनि यसलाई मुख्य विषय बनाई रहेको देखिन्छ । पर्यटन व्यवसायीहरु सरकारको ध्यानाकर्षण गराई रहेको छन । यद्यपि सरकारी अधिकारीहरु भने हिमाल आरोहण निजी क्षेत्रलाई दिने विषय गलत भएको दावी गर्छन ।

विगत केहि दिन देखि हिमाल आरोहण मात्र होइन समग्र पर्यटन क्षेत्रसंग चासो राख्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका सरोकारवाला निकाय त्यसमा पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चार माध्ययमा नेपालको हिमाल ओरोहण र यसको निजीकरण सम्बन्ध बारे राम्रै चर्चा भइरहेको छ । नेपाल सरकारले मुलुकको नया“ व्यवस्था अनुसार पर्यटन ऐन २०३५ को शंसोधन गरी नया संघीय पर्यटन विधेयक २०७५ को काम भइरहको छ । नया पर्यटन विधयक बन्दै गर्दा पछिल्लो समय पर्वतारोहण सम्बन्धि व्यवस्थाप्रति सबैको चासो बढेको छ । नया व्यवस्था प्रति समग्र व्यवसायीबाट आलोचना भइरहेको छ ।

प्रस्तावित संघिय पर्यटन विधयकमा पर्वतारोहण सम्बन्धि व्यवस्थाको उपदफा २ मा नेपाल सरकारले आवश्यक देखेमा निश्चित उचाईसम्मका तोकेका हिमचुलीको आरोहण अनुमति प्रदान गर्ने तथा यसको व्यवस्थापन एवम् प्रवद्र्धन गर्ने जिम्मेवारी तोकिएको शर्तमा पर्वतारोहण सम्बन्धि गैर नाफामूलक संगठित संस्थालाई दिन सक्नेछ भनिएको छ ।

यो वुदा यस अघिको ऐनमा पनि विवादित बुदा हो । यो व्यवस्था नियमको रुपमा लागु भएमा तत्काल नभए पनि भावि दिनमा नेपालको हिमाल आरोहण निजीकरणतर्फ धकेलिने निश्चित भएको व्यवसायीहरुको दावी छ । यसले नेपालको हिमाल आरोहण मात्र नभइ पर्यटन क्षेत्र नै धरापमा पर्ने र धेरै नागरिकको रोजीरोटी खोसिने भएको भन्दै यसमा सरकारको ध्यानर्षण हुनुपर्ने भन्दै आपत्ति जनाएको छ ।

नेपालको हिमाल आरोहण क्षेत्रमा दक्षता सहित हिमाल आरोहण प्रवद्र्धन गरीरहेको नेपाल पर्वतारोहण संघ पनि सरकारको नया प्रस्तावित विधयकप्रति असन्तुष्ट छ । नेपालको हिमालको प्रवद्र्धन र प्रचार अनि दिगो गराउन आफुहरु सक्षम रहेकोले संघको दावी छ । हिमाल उद्योग अन्य मालसामनको उद्योग वा तरकारी बजार नभई यसको अस्तित्वलाई बचाइ राख्न र पर्वतारोहण जस्तो गम्भिर विषयमा सरकारले हेलचेक्राई गर्न नहुने संघको तर्क छ ।

हिमाल आरोहणबारे सरकारले स्पष्ट रुपमा नै निती सार्वजनिक गर्नु आवश्यक छ । दुविधायुतm विधेयक पारित गर्दा भोलीका दिन समस्या सृजना हुने भएकाले यसप्रति सरकार साथै सरोकारवाला निकाय सम्यम हुन पर्ने निजी क्ष्ँेत्रको भनाइ छ ।  यता सरकारी अधिकारीहरुले भने नेपालको हिमालहरु निजी क्षेत्रलाई दिने बारे आफूहरु अनविज्ञ रहेका तर्क गरेका छन् । प्रस्तावित विधेयक छलफलमा नै रहेको छ कानुन बन्न अझ बाकी नै छ । सबै सरोकारवाला निकायसंगको छलफल पछि मात्र कानुनको रुपमा आउने उनीहरुको दावी छ ।

सरकार, आरोही र पर्यटन व्यवसायीबीच यो नया विवाद भने पक्कै होइन । चार वर्षअघि सरकारले ६,५०० मिटरभन्दा कम उचाइका हिमाली चुचुराहरूको प्रवर्द्धन तथा सञ्चालन गर्ने जिम्मेवारी निजी कम्पनीहरूलाई दिने एक प्रस्ताव ल्याएको थियो । त्यसमा नेपालका सबैजसो हिमाली चुचुराहरूको प्रवर्द्धन र पर्यटकीय गतिविधि सञ्चालनको जिम्मेवारी सर्तहरू सहित निजी क्षेत्रलाई दिन सकिने व्यवस्था गरिएको थियो । त्यसलाई तत्कालीन मन्त्रिपरिषद्ले समेत पारित गरिदिएको थियो । पछि यसको जिम्मा पाएको नेपाल पर्वतारोहण संघ अदालतसम्म पुगेपछि पुनः संघलाई नै जिम्मा दिइएको थियो ।

अदालतले त्यतिबेला सरकारी निर्णय कार्यान्वयन नगर्नु भन्ने आशयको आदेश दिएपछि पर्वतारोहण संघ शान्त भएको थियो । तर पुन त्यहि बुदा नया प्रस्तावित कानूनमा पनि राखे पछि व्यवसायी र सरकारबीच विवाद सुरु भएको हो । अहिले ६५ सय मिटरभन्दा कम उचाइका २७ वटा चुचुराको प्रवर्द्धन तथा आरोहण अनुमतिको जिम्मा नेपाल पर्वतारोहण संघले हेरिरहेको छ ।

आरोहण खुलाइएको ४ सय १४ हिमाल मध्ये ५० देखि ६० वटा मात्र आरोहण हुने गरेका छन् । पर्यटन क्षेत्रबाट सबै भन्दा धेरै राजश्व संकलन हुने हिमालमा राजनिती भन्दा पनि सबै पक्षको दक्षता र आवश्यकतालाई हेरी बैज्ञानिक तवरबाट प्रभावकारी ऐन निमयको व्यवस्था आजको आवश्यकता हो । यसमा सबैको ध्यान जाओस् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com