ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमा तरुलको व्यापार बढ्यो, दैनिक ५ देखि १० क्विन्टलसम्म तरुल खपत (भिडियोसहित)


एबीसी न्यूज
पुस ३०, २०७५ सोमबार  ९ : १० बजे


काठमाडौं, ३० पुस । माघे सक्रान्तिमा तरुल, सखरखण्ड, पिंडालु जस्ता कन्दमुलको विशेष महत्व छ । यो पर्व नजिकीएसंगै अहिले बजारमा तरुलको व्यापार बढेको छ । बजारमा विभिन्न प्रकारका तरुल किन्नेको भिड देखिएको छ ।

तरुल एक प्रकारको कन्दमुल हो । माघे सक्रान्तिमा यसको विशेष महत्व हुने गरेको छ । या भनौं तरुललगायतका कन्दमूलविना माघे संक्रान्तिको पर्व अधुरो नै हुन्छ । माघे सक्रान्तिका लागि पुसको पाक्य माघको खाक्य भन्ने किंवदन्ति नै छ । पुसको अन्तिम दिन अर्थात् मसान्तमा तरुललगायतका कन्दमूल उसिनेर भोलिपल्ट अर्थात् माघे सक्रान्तिका दिन घ्यू , चाकु सहित खाने परम्परा रहेकाले यो पर्वलाई ध्यु चाकु सङ्लु पनि भनिन्छ । माघे संक्रान्ति नजिकिदै गर्दा बजारमा तरुलको माग बढेको व्यापारी बताउछन् । सक्रान्तीको मुखमा दैनिक ५ देखि १० क्विन्टलसम्म तरुल खपत हुने गरेको उनीहरुको भनाइ छ ।

यस्तै माघेसंक्रन्तीमा तरुल बढी खपत हुने हुदा संक्रतीको मुख्य बजारलाइ मात्र लक्षीत गरेर तरुलको व्यापार गर्ने गरेको एक व्यापारी वताउछन् । सर्लाहिमा आपूmलेनै खेती गरेको तरुल अहिले संक्रन्तीमा राम्रो मूल्य पाइने हुदा काठमाडौमा आइ यसको व्यापार थालेको उनले वताए ।

बजारमा अहिले विभिन्न प्रकारका तरुलहरु पाइने गर्दछन् । हात्तिपाइले तरुल, रातो तरुल, बन तरुल, चिप्ले तरुल, लाम्चो चिप्ले तरुल, पातले तरुल, सिमल तरुल आदि प्रजातीका तरुल बजारमा अहिले पाइन्छन् । यसमध्य सिमल तरुलको बिक्रि बढिहुने गरेको व्यापारी बताउछन् ।

पौष महिनाभरी करिव साढे नौ सय मेट्रीक टन तरुल काठमाडौ भित्रीएको कालीमाटी तरकारी वजार तथा व्यवस्थापन समीतीका उप निर्देशक विनय श्रेष्ठ बताउछन् । यसमा ९० प्रतीसत भन्दा वढी नेपालकै उत्पादन रहेको उनि बताउछन् । विशेषत नेपालको सर्लाही, धादिङ, चितवन, सुनसरी, झापामा उत्पादीत तरुलको विक्री बढी रहेको उनि बताउछन् ।

अहिले तरुलको प्रजाती अनुसार ४०/५० रुपैया देखी ३ सय रुपैया प्रतीकेजि सम्म तरुल बिक्रि भइरहेको देखिन्छ । पोहोरको तुलनामा तरुलको मूल्य घटेको व्यापारीको अनुभव भए पनि उपभोक्ताले भने मूल्यमा गिरावट महसुस गरेको छैनन् ।

तरुलको महत्व माघे सक्रान्ति पर्वसग जोडिएको हुनाले यसको व्यापार ह्वातै वढेको हो । तर नेपाली मौलिक उत्पादन र पौष्टिकताको हिसावले तरुल खेती, व्यापार र उपभोगलाई बर्षैभरी निरन्तरता दिनु आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुबई नजिक तेल ट्यांकरमा इरानको आक्रमण, इजरायलले ‘हप्तौँसम्म’ युद्ध जारी राख्ने चेतावनी

ओली पक्राउविरुद्ध एमालेको देशव्यापी आन्दोलन, वैशाख १२ मा काठमाडौंमा सभा

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com