ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आबुधाबीमा अलपत्र नेपाली कामदार उद्दारका लागि म्यानपावर सञ्चालक यूएईमा


एबीसी न्यूज
पुस २९, २०७५ आईतबार  ९ : ४६ बजे


यूएई , २९   पुस। यूएईको आबुधाबीमा अलपत्र १ सय ५० जना नेपाली कामदारको उद्दार प्रकृयामा यहाँको सरकारले चासो देखाएको छ । अल वासिता एमिरेट्स क्याटरिङ्ग कम्पनीको मुसाफा ४० नम्बरमा अलपत्र १ सय ५० नेपालीसहित ७ सयभन्दा धेरै कामदारको विषयमा यूएईको श्रम तथा स्थानीय प्रशाशनले चासो देखाएको हो ।

कम्पनी संचालक जोर्डन नागरिकले यूएई छोडिसकेको र कम्पनी नामसारी प्रकृयामा रहेका बेला अलपत्र परेका कामदारलाई अहिले आबुधाबीको स्थानीय प्रशाशनको समन्वयमा यहाँको श्रम मन्त्रालयले खानाको व्यवस्था गरेको छ ।

कम्पनीको क्याम्पमा पानी र बिजुलीसमेत काटिएको र खानाको समेत समस्या भएपछि स्थानीय प्रशासनले चासो देखाएर पानी र बिजुलीको व्यवस्थासहित खाना उपलब्ध गराएको कञ्चनपुरका गणेश महराले बताउनुभयो ।

नेपालीसहित भारत, पाकिस्तान, बङ्लादेश , श्रीलंका, फिलिपिन्स लगायतका कामदार अलपत्र परेपछि यहाँ रहेका सम्बन्धित देशका दूतावासले यहाँको श्रम तथा परराष्ट्रमा पत्राचार गरेका थिए ।  चौबीसै घण्टा क्याम्पको निगरानी स्थानीय प्रशाशनले गरेको र कुनै पनि समस्या भए तत्काल सम्पर्क गर्न भनेको पीडित कामदारहरुको भनाइ छ ।

क्याम्पमा अलपत्र कामदारले पाउनु पर्ने सेवा सुविधाबारे लिखित सूची स्थानीय प्रशासनले बनाएको पीडितहरुले बताएका छन । त्यही सूचीअनुसार कम्पनीको व्यवस्थापन पक्षसँग आइतबार छलफल गरेर उद्दार प्रकृया सुरु गरिने कम्पनीले जनाएको छ ।

कामदार उद्दारका लागि म्यानपावर सञ्चालक समेत यूएईमा
नेपालबाट सोही कम्पनीमा कामदार सप्लाई गर्दै आएको सन हिल्स म्यानपावरका सञ्चालक सूर्य अधिकारी यूएई आउनु भएको छ । कामदारले महिनौदेखि तलव सेवा नपाएको र अलपत्र परेको जानकारी पाएर आफू यहाँ आएको अधिकारीको भनाइ छ ।

‘नेपाली दुतावास, कामदार र कम्पनीसँग समन्वय गरेर समस्या समाधान गर्नेछु’ अधिकारीले भन्नुभयो ‘अलपत्रमध्ये झण्डै ६४ जनाले पहिलो करार सम्झौता समेत पूरा गर्न नपाएकोले समस्या झन जटिल भएको छ।’

कामदार अलपत्र भएपछि सम्बन्धित म्यानपावरको कामकाज रोक्का गरिदिन भन्दै दूतावासले सरकारलाई पत्राचर गरेको थियो ।

यूएईले समेत चासो देखाएको विषयमा म्यानपावर सञ्चालक समेतले चासो देखाउनु सकारात्मक भएको यूएईका लागि कार्यबाहक राजदूत सागरप्रसाद फुयाँलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुबई नजिक तेल ट्यांकरमा इरानको आक्रमण, इजरायलले ‘हप्तौँसम्म’ युद्ध जारी राख्ने चेतावनी

ओली पक्राउविरुद्ध एमालेको देशव्यापी आन्दोलन, वैशाख १२ मा काठमाडौंमा सभा

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com