सञ्चारकर्मी र सञ्चारगृहलाई सक्षम बनाउनुपर्छ : मुख्यमन्त्री राई



धनकुटा, २७ पुस । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको परिवर्तनमा सञ्चारकर्मीको भूमिका निकै ठूलो रहेको बताउनुभएको छ ।

प्रेस काउन्सिल नेपालले धनकुटामा आज आयोजना गरेको प्रदेशस्तरीय छलफल कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश नम्बर १ का सञ्चारकर्मी र सञ्चारगृहलाई थप व्यावसायिक मर्यादित र सक्षम बनाउँदै अगाडि बढाउनुपर्ने बताउनुभयो ।

उहाँले त्यसमा केही सहयोग पु¥याउनुपर्ने भए निर्णय गर्न प्रदेश सरकार तयार छ भन्नुभयो । नकारात्मक कुराको बढी खोजी गर्ने र सकारात्मक कुरालाई कम प्राथमिकता दिने क्रम केही बढेजस्तो देखिएको भन्दै त्यसमा सुधार ल्याउनुपर्ने आवश्यकता रहेको मुख्यमन्त्री राईको भनाइ थियो ।

    Comment Here!


सम्बन्धित समाचार

View All