ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक अर्ब ३० करोडको हकप्रद शेयर बिक्रीको स्वीकृति


admin
पुस २७, २०७५ शुक्रबार  ६ : ३८ बजे

काठमाडौं,२७ पुस । धितोपत्र बोर्डले चालू आर्थिक वर्षको छ महीनासम्ममा कूल आठ कम्पनीलाई रु एक अर्ब ३० करोड ५६ लाख ७६ हजार ५०० बराबरको हकप्रद शेयर बिक्रीका लागि स्वीकृति दिएको छ ।

बोर्डका अनुसार कूल एक करोड ३० लाख ५६ हजार ७६५ कित्ता हकप्रद शेयर बिक्रीका लागि अनुमति दिएको हो । बोर्डले अनुमति दिएका कम्पनीमा ६ माइक्रोफाइनान्स कम्पनी रहेका छन् भने दुई बीमा कम्पनी रहेका छन् ।

बोर्डले एभरेष्ट इन्स्यारेन्स कम्पनीलाई एक बराबर एक दशमलव पाँच बराबरको दरले १४ लाख तीन हजार ३२५ कित्ता हकप्रद शेयर रु १४ करोड तीन लाख ३२ हजार ५०० मूल्यमा बिक्रीका लागि अनुमति दिएको छ । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

यस्तै सूर्य लाइफ इन्स्यारेन्स कम्पनीलाई दश बराबर सात कित्ताका दरले रु ७९ करोड २३ लाख ३० हजार बराबरको ७९ लाख २३ हजार ३०० कित्ता हकप्रद शेयर बिक्रीको अनुमति दिएको छ । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा काठमाडौँ क्यापिटल रहेको छ ।

स्वदेशी लघुवित्त वित्तीय संस्थालाई एक बराबर एकका दरले ११ लाख ५० हजार कित्ता हकप्रद शेयर रु ११ करोड ५० लाख बराबरको शेयर बिक्रीका लागि अनुमति दिएको छ । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआइसी एशिया लिमिटेड रहेको छ ।

बोर्डले माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थालाई दुई बराबर एकका दरले तीन लाख कित्ता हकप्रद शेयर रु तीन करोड बराबरको शेयर बिक्रीका लागि अनुमति दिएको छ ।

सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । बोर्डबाट अनुमति पाउनेमा किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले पनि दुई बराबर एकको दरले रु दुई करोड ४० लाख २५ हजार बराबरको दुई लाख ४० हजार २५० कित्ता शेयर बिक्रीको अनुमति दिएको छ । हकप्रद शेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

नाडेप लघुवित्त वित्तीय संस्थालाई एक बराबर एकको दरले रु १६ करोड बराबरको १६ लाख कित्ता हकप्रद शेयर बिक्रीको अनुमति दिएको बोर्डले मिथिला लघुवित्त वित्तीय संस्थालाई दुई बराबर एकको दरले रु तीन करोड २९ लाख ८९ हजारको तीन लाख २९ हजार ८९० कित्ता हकप्रद शेयर बिक्रीको अनुमति दिएको छ । नाडेपको बिक्री प्रबन्धकमा नबील इन्भेस्टमेन्ट र मिथिलाको काठमाडौँ क्यापिटल रहेको छ ।

त्यस्तै उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थालाई पाँच बराबर एकका दरले रु एक करोड १० लाखको एक लाख दश हजार कित्ता हकप्रद शेयर बिक्रीको अनुमति दिएको छ । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुई अध्यादेश ल्याउँदै सरकार, परामर्शमा राष्ट्रपति

सीमामा १०० रुपैयाँमाथिको सामानमा कर लिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

सम्बन्धित

प्रस्ट कुराहरूको आविष्कार किन ढिलो भयो ?

आर्थिक स्थितिपत्रको कडा संकेत: बजेट प्रणाली असफलताप्रति सरकार स्वयंको स्वीकारोक्ति

विलासिताको कर घटाउने माग र यथार्थ बजेट बहसबीच अर्थतन्त्र सुधारको दबाब

अर्थतन्त्रको ‘भ्रम’ विरुद्ध श्वेतपत्रको ‘तथ्य’: एक दशकको छलाङ कि सामान्य वृद्धि?

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com