ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अदुवाकोे आकर्षक मूल्य पाउँदा किसान दङ्ग


admin
पुस २७, २०७५ शुक्रबार   ५ : ०९   बजे

डोटी, २७ पुस । अदुवाको आकर्षक बजारमूल्य पाउँदा किसान यो वर्ष खुशी भएका छन् । गत वर्ष मूल्य झर्दा अदुवा सुकाएर बेच्न बाध्य भएका किसानले राहत महसुस गरेका छन् ।

सुदूरपश्चिमको कैलाली र डोटीको चुरे क्षेत्र अदुवा खेतीका लागि उर्वर क्षेत्र हो । बडीकेदार गाउँपालिकाका किसान खडक मौनीले राम्रो मूल्य पाएकाले अदुवा बिक्री गरी सकिएको बताउनुभयो ।

“गत वर्ष अदुवाबाट जम्मा १५ हजार जति मात्र कमाइ भयो”, मौनीले भन्नुभयो, “पन्ध्र क्विन्टल फलाएको भए पनि मूल्य घटेकाले व्यापारीले किन्न पनि मानेनन् ।” उहाँले गत वर्ष बिपीनगर बजारमा आफँै अदुवाको भारी बोकेर बेच्न लग्नुपरेको पीडा सुनाउनुभयो । तर यो वर्ष व्यापारी तथा अदुवा कम्पनी घरघरमै आएर अदुवा लैजान लागेका छन् ।

गत वर्ष किसानले मुस्किलले अधिकतम २० रुपैयाँसम्म प्रतिकिलो अदुवाको मूल्य पाएका थिए । यो वर्ष भने अदुवाको न्यूनतम मूल्य किसानले रु ३५ पाएको किसान बलबहादुर बुढामगरले बताउनुभयो । गत वर्ष अदुवाबाट ३० हजार मात्र कमाएका उनले यो वर्ष रु एक लाख २० हजार आम्दानी गरेका छन् ।

मूल्य नपाउँदा गत वर्ष अधिकांश किसानले अदुवा सुठो बनाएर बिक्री गरेका थिए । डोटीमा भारतका व्यापारी स्थानीय व्यापारीसँग सहकार्य गरी अदुवा सङ्कलनका लागि गाउँ छिर्ने गर्छन् । डोटीको बिपीनगर, निरौली, बर्छैन, मान्नाकापडी, घाङ्ल, लाना, चवराचौतारा, केदारअखडा, सिमचौरलगायतका गाउँमा अदुवा अत्यधिक उत्पादन हुने गर्छ । डोटीमा मात्रै वार्षिक १० हजार मेट्रिकटन अदुवा उत्पादन हुने गरेको सुदूरपश्चिम प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि प्रवद्र्धन महाशाखा प्रमुख यज्ञराज जोशीले जानकारी दिनुभयो ।

पहाडको अदुवामा तेल बढी हुने, सुगन्धित र स्वास्थ्यका लागि हितकारी हुने भएकाले पनि बजारमा यसको माग बढ्दै गएको जोशीले बताउनुभयो । पछिल्लो समय नेपालको अदुवालाई स्तरीकरण गरेर बाहिरी मुलुक निर्यात गर्ने गरेका कारण किसानले राम्रो मूल्य पाउने गरेको उहाँको दाबी छ ।

“अहिले नेपालमै अदुवा प्रशोधन गरेर पनि बाहिर निर्यात हुने गरेको छ”, उहाँले भन्नुभयो, “यसअघि किसानले खेतबाट खनेर बोरामा हाली बाहिर पठाउँदा मूल्य दिन अन्तर्राष्ट्रिय व्यापारीले मानेका थिएनन् ।”

डोटी र कैलालीका किसानले उत्पादन गर्ने अदुवालाई लक्षित गरी कैलालीको चुरे क्षेत्र सहजपुरमा अदुवा प्रशोधन गर्ने ‘ओएमसी’ नामक कम्पनी स्थापना गरिएको छ । ग्रामीण पहुँच विकास केन्द्र तेस्रो चरणको सहयोग र समन्वयमा स्थापना गरिएको सो कम्पनीले डोटीको अदुवा प्रशोधन गरेर जर्मनलगायतका अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने गरेको ग्रामीण पहुँच विकास केन्द्र तेस्रो चरणका जिल्ला प्रबन्धक राजेन्द्र गिरीले बताउनुभयो ।

उहाँले किसान तथा अदुवाको बीमा गर्ने, अदुवा खेतीका लागि ऋण उपलब्ध गराउने जस्ता प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेका कारण पनि किसानले कम जोखिममा राम्रो मूल्य पाउने गरेको दाबी उनको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group