ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेट्रोलियम पदार्थ आपूर्तिको एकाधिकार कायम राख्ने चुनौती


admin

काठमाडौं, २७ पुस । पेट्रोलियम पदार्थ आपूर्तिको एकाधिकार पाएको नेपाल आयल निगम स्थापनाको ४९ औँ वर्षमा प्रवेश गरेपनि प्रतिस्पर्धामा खरो उत्रन नसक्दा इन्धन आपूर्तिको एकाधिकार कायमै राख्ने चुनौती थपिएको छ ।

पेट्रोलियम पदार्थको आयात र वितरण गर्ने जिम्मा पाएका निगम पटकपटक विभिन्न ‘काण्ड’ मा मुछिँदै गएपछि यसको भूमिका र व्यवसायिकतामाथि पनि विभिन्न निकायबाट प्रश्न उठाइँदै आएको छ ।

भण्डार क्षमता विस्तारका नाउँमा जग्गा खरिद गर्दा व्यापक अनियमिता गरेको, तलदेखि माथिसम्मको ‘सेटिङ’मा तेल चोरी, विद्यार्थी सङ्गठनका नेतालाई ‘तेलका कुपन’ उपहार दिइएको घटनाले निगमको छवि निकै खस्केको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवको ‘निगममा प्वालैप्वाल भएको’ भन्ने भनाइले पनि निगममा निकै अनियमिता भएको पुष्टि गर्छ

निगमले व्यवसायिकता प्रदर्शन गर्न नसके पेट्रोलियम पदार्थको आयातमा निजी क्षेत्रलाई आह्वान गर्न सकिनेतर्फ सरकारले निगम व्यवस्थापनको ध्यानाकर्षण गराइसकेको छ ।

निगम सञ्चालक समितिका अध्यक्ष एवं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ९वाणिज्य० चन्द्रकुमार घिमिरे वर्तमान आर्थिक बजारले सहज, सुलभ, किफायती र गुणस्तरीय वस्तुको आवश्यकता बोध गरेको यथार्यलाई स्वीकार गर्दै सरकारले दिएको भूमिका निर्वाह गर्न निगम व्यवस्थापन सक्षम हुनुपर्ने बताउनुहुन्छ ।

निगमको ४९ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “निगम र नेतृत्वले जिम्मेवारी निर्वाह गर्न नसकेको अवस्थामा सरकारले बिकल्प सोच्नुपर्ने अवस्था आउन सक्छ, त्यो बिकल्प भनेको बजारलाई खुला गर्दै प्रतिस्पर्धी भित्रयाउनुपर्ने हुनसक्छ ।”

भण्डारण क्षमता विस्तार चुनौतीपूर्ण
निगमको अर्को मुख्य चुनौती भनेको पेट्रोलियम पदार्थको पर्याप्त भण्डारण गर्न नसक्नु हो । विभिन्न बहानामा भइरहने ढुवानीकर्ताको आन्दोलन, ट्याङ्कर चालकको हड्ताल, सीमा क्षेत्रमा हुने गतिविधि तथा छिमेकी भारतका कारण आइपर्ने समस्याले नेपालमा पेट्रोलियम पदार्थको अभाव हुने गर्छ ।

निगमसँग पर्याप्त मात्रामा भण्डारण क्षमता नहुँदा पटकपटक नेपाली जनताले सास्ती व्यहोर्दै आउनुपरेको अवस्था छ । कालोबजारीमा तेल तथा ग्यास किनेर जीवन गुजारा गर्नुपर्ने अवस्थाको कारकका रुपमा निगमलाई ठह¥याइएको छ ।

हाल निगमको भण्डारण क्षमताले करीब एक साताको बजार माग मात्र धान्न सक्ने छ । भण्डारण क्षमता विस्तार गर्दै जनताको आवश्यकता धान्न सक्ने गरी इन्धनको मौज्दात राख्न निकै नै ढिला भइसकेको छ । २०५८ सालदेखि निगमले भण्डारण क्षमता विस्तार गर्न सकेको छैन । हाल निगमसँग पेट्रोल र डिजलको एक साताको बजार माग धान्न सक्ने भण्डारण क्षमता रहेको छ भने हवाई इन्धन झन्डै १५ दिनको माग धान्न सक्ने गरी भण्डारण गर्दै आएको छ ।

सरकारले १४ आँै योजनामार्फत तीन महीना अर्थात् ९० दिनको भण्डारण क्षमता विस्तार गर्ने लक्ष्य लिएको थियो । आव २०७२÷०७३ को बजेट बक्तव्यमा पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी प्रत्येक प्रदेशमा तीन महिनाको माग धान्ने गरी भण्डारण क्षमता विस्तार गर्ने उल्लेख गरे पनि कार्यान्वयनमा विभिन्न कारणले ढिलाइ भइरहेको छ । निगमसँग ६८ हजार ३६४ किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण गर्ने क्षमता रहेको छ ।

स्वचालित मूल्य नहुँदा घाटा बढ्दो 
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको उतारचढावसँगै निगमले १५-१५ दिनमा स्वचालित मूल्य प्रणालीबाट मूल्य निर्धारण गर्दै आएपनि निरन्तर मूल्य समायोजन नगर्दा निगमको घाटा ह्वातै बढ्ने गरेको बताइएको छ ।

सरकार, जनप्रतिनिधिमूलक संस्थाको निर्देशन तथा चाडपर्वका अवसरमा निगमले मूल्य समायोजन गर्न सकेको छैन् । गत असोज-कात्तिकमा निगमले इन्धनको मूल्य समायोजन नगर्दा एक महिनामै करीब रु दुई अर्ब घाटा बढेको निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराई बताउनुहुन्छ । इन्डियन आयल कर्पोरेशनले पठाउँदै आएको १५-१५ दिनमा नयाँ मूल्यसूची अनुसार निगमले पनि सोहि अनुरुप मूल्य समायोजन गर्दै आएको छ ।

डिजल, पेट्रोलमा मूल्य समायोजन हुँदै आएपनि निगमले लामो समयदेखि एलपी ग्यासको मूल्य समायोजन गर्न सकेको छैन् । अझै पनि निगमले प्रतिसिलिण्डर रु ८० घाटा व्यहोर्दै आएको छ ।

विभिन्न मुलुकबाट पेट्रोल, डिजेल, मोविल, लुब्रिकेन्ट, मट्टितेल, ग्रीज, हवाई इन्धन, एलपी ग्यास तथा अन्य पेट्रोलियम पदार्थको आयात गरी नेपालभर बिक्री वितरण गर्ने उद्देश्यले ४९ वर्षअघि नेपाल सरकारको पूर्ण स्वामित्वमा नेपाल आयल निगमको स्थापना भएको थियो । स्थापनाकालदेखिनै निगमले पेट्रोलियम पदार्थको आयात, ढुवानी, भण्डारण र वितरणको कार्य गर्दै आएको छ ।

विभिन्न बहानामा इन्धन ढुवानीमा देखिने अवरोधलाई परास्त गर्दै निगमको बिग्रेको छवि सुधार्दै प्रतिस्पर्धात्मक बजारमा आफूलाई खरो उतार्न वर्तमान नेतृत्वले कुनै कसर बाँकी राख्न नहुने पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका महासचिव विश्व अर्यालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com