ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अबको युग निर्माण र सृजनाको युग हो : सभापति रावल


admin

चितवन, २७ पुस । राष्ट्रिय सभा अन्तरगतको राष्ट्रिय सरोकार समन्वय समितिकी सभापति दिलकुमारी रावल (पार्वती)ले अबको युग निर्माण र सृजनाको युग भएको भन्दै नयाँ ढगंले अगाडी बढ्नुपर्ने बताएकी छिन् ।

नयाँ परिकल्पना गरेर अगाडी बढ्नुपर्छ उनले भनिन् । हामी सबैको मिहिनेत र योगदानले आएको यो युगलाई सृजनशीलता ईमान्दारीता देखाई सहकार्य र साझेदारी गरि अगाडी बढ्नुपर्छ ।

जिल्ला समन्वय समिति चितवनको गत आ.ब २०७४-७५ चालु.व. २०७५-७६ को प्रथम चौमासिक प्रगति समिक्षा कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताईन् । सभापति रावलले विकासको लक्ष्य हासिल गर्न तथा सुशासन कायम गर्न कडा अनुगमन हुनु अनिवार्य रहेको टिप्पणी गरिन् ।

साथै उनले पहुँच भएको ठाउँमा मात्र हुने विकास अन्त्य भएको भन्दै समान रुप र आवश्यकता अनुसार विकास हुने निति सरकारले अगाडी सारेको स्पष्ट पारिन् ।

विकास लागि आवश्यक अत्याधुनिक प्रविधिका प्रयोगलाई बढाउँदै लैजानुपर्नेमा सभापति रावलले जोड दिईन् । उनले स्थानिय निकायहरुले अपेक्षित गती अझै लिन नसकेको भन्दै त्यसलाई सुधार गर्न निर्देशन दिईन् ।

सरकारले सञ्चालन गर्ने सम्पूर्ण आयोजनाहरुलाई समयमा नै सम्पन्न गराउनका लागि अनुगमन गरिने बताएकी छिन् ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति चितवनका सभापति कृष्णकुमार डल्लाकोटीले जिल्लाको समान विकास लागि जिसस तत्पर रहेको भन्दै जिससको नेपाल सरकारबाट स्वकृति भई आएको जिसस मौज्दात कोष सञ्चालन निर्देशीका २०७५ का बारे विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा जिसस चितवनका जिल्ला समन्वय अधिकारी रामराज सुवेदीले कार्यक्रम आयोजनको औचित्य र उद्देश्य बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा जिसस उपप्रमुख मुना कुमारी श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् । भने पूर्वधार विकास कार्यालय चितवनका प्रमुख पुष्करप्रसाद पोख्रेरलले

कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदन हेर्दा जिल्लाका नगरहरु स्मार्ट सिटिको अवधारण राखे पनि आफै स्मार्ट हुने नसकेको चितवन उद्योग संघ चितवनका बरिष्ठ उपाध्यक्ष राजु पौडेलले औल्याए ।

कार्यक्रममा गरिएको प्रस्तुती हेर्दा चितवनको विकास मध्यस्तरको देखाईएको छ । सबैभन्दा धेरै भरतपुर महानगर र कालिका नगरपालिका बाटो निर्माणको काम भएको छ । भने विविध खालका समस्याले यथावत रहेको छ । भने भौतिक र वित्तिय प्रगति भने सन्तोषजनक रहेको दावी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com