काठमाडौं, २६ पुस । हिन्दुहरुको पवित्र तीर्थस्थल पशुपति क्षेत्रको विकासका लागि १५ वर्षे गुरु योजना बनको छ । १५ वर्षे गुरूयोजना बनाएर पशुपति क्षेत्रको समग्र विकास निर्माण प्रक्रियालाई अघि बढाउने गरी सम्बन्धित क्षेत्रका विज्ञहरुसगको परामर्श सुरु गरिएको हो ।
१५ वर्षे गुरुयोजना बनाएर पशुपति क्षेत्रको विकास निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउने गरी सम्बन्धित क्षेत्रका विज्ञहरुस“ग परामर्श सुरु गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपति क्षेत्रभित्र रहेका कला, कौशलको समेत जर्गेना हुने गरी विकास निर्माणको कामलाई अघि बढाउने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदिप ढकालको भनाई छ । कोषले हिन्दु धर्म र त्यससग सम्बन्धित धार्मिक स्थलहरुको भौतिक निर्माणका सम्बन्धमा पनि अध्ययन गरेर पशुपति क्षेत्रको विकास निर्माण गर्ने सदस्य सचिव ढकालले बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापाले स्थानीय जनतासँग घनिभूत छलफल गरेर मात्रै पशुपति क्षेत्रको बृहत्तर गुरुयोजना बनाउन उपयुक्त हुने धारणा राखेका थिए । नेता थापाले स्थानीय जनताको व्यापक सहभागिता र सबै राजनीतिक दलहरुसँग परामर्श गरेर पशुपति क्षेत्रको वृहत्तर गुरुयोजना बनाउन उपयुक्त हुने बताए । उनले पशुपति क्षेत्रको सबै सम्पदाहरुको उचित व्यवस्था गर्न पनि पशुपति क्षेत्र विकास कोषको ध्यानाकर्षण पनि गराए । बुधबार पशुपति क्षेत्रको बृहत्तर विकासका लागि गुरुयोजना बनाउने विषयमा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले नेपालको सनातन धर्मकै पवित्र स्थल रहेको पशुपतिनाथ क्षेत्रको विकासमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
सरकारले विश्व सम्पदा सूचीमा रहेको पशुपति क्षेत्रको विकास निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउने तयारी गरेको छ । पशुपति क्षेत्रको कला कौशललाई जोगाएर यसको पुनर्निर्माणको कामलाई गति दिनुपर्नेमा सम्बन्धित क्षेत्रको विज्ञहरुले जोड दिदै आएका छन् । पशुपति क्षेत्र विकास कोषले भूकम्पपछिको पुनर्निर्माणको कामलाई अघि बढाउन पनि गुरु योजनाको आवश्यकतामा जोड दि“दै आएको छ ।







प्रतिक्रिया दिनुहोस्