
काठमाडौ, २४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको दुईतिहाइको सरकार भएको भएको १० महिना पुगेको छ ।
यसै विच संघिय संसदमा दिनु भएको सार्वजिक वक्तव्यको तथ्याङ ठिक भएको सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।
एबीसी टेलिभिजनको बिशेष कार्यक्रम आउटलुकमा अर्थमन्त्री डा.खतिवडाले प्रधानमन्त्रीले ओलीले सरकारसंग भएको चालु आर्थिक वर्षको पाच महिनाकोे तथ्याङ्क प्रस्तुत गर्नु भएको गरेको र सार्वजनिक सञ्चार माध्यममा तथ्याङ्कलाई मिथ्याङ्क भनेर प्रचार गरिएकोमा गुनासो गर्दै पाच महिनाको तथ्याङ्क सार्वजनिक रुपमा आउने बित्तिकै सबै खुलस्त हुने बताए ।
नेपाल सुखी नेपाली समिद्ध नेपालको नारालाई ब्यवहारमा कार्यान्वयन गर्दै अघि बढेको ओली सरकारले सवैजसो मन्त्रालयमा काममा राम्रो भएको प्रगति देखिएको समेत मन्त्री खतिवडाले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको तथ्याँक सरकारका सयन्त्रबाट आएको ५ महिनाको प्रस्तुत गरिएको बताए । बाहिर हल्लामा चार महिना तथ्याँक संग तुलना गरिदा केही नमिलेको बताए ।
यस दुई तिहाई सरकारको घोषणपत्रदेखि काम कारवार्ही हेरेर निजीलगानी कर्ताहरु निकै उत्साहजनक तरिकाले भित्रने क्रम जारी रहेको र आफुहरु सबल अर्थतन्त्र निर्माण गर्ने चरणमा रहेको उनले बताए । अहिले अर्थतन्त्रमा कुनै खतराको बिन्दु देखिएको छैन । सबल अर्थतन्त्रका राम्रा पक्षलाई ओझेलमा पार्न नहुने समेत खतिवडाले बताए ।
निजी क्षेत्रको लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेकाले सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्यलाई सार्थक तुल्याउन निजी क्षेत्रबाट दुई तिहाइ लगानी र प्रशस्त रोजगारी सिर्जना हुनुपर्नेमा उहाँको जोड थियो ।
अर्थमन्त्री डा खतिवडाले वित्तीय सङ्घीयता कार्यान्वयनका लागि धमाधम ऐन कानून निर्माण भइरहेको र संघियताको जग बसालेका संघिता कार्यान्वयन सगै सवै जिम्मेवारी कुसलता पूर्व पुरा गर्दे स्थानिय र प्रदेश तहमा भौतिक संरचानामा देखिएका समस्याहरु समेत हल गर्न संघिय सरकार लागिपर्ने समेत डा. खतिवडाले बताए ।
भन्सार व्यवस्थित गरेका कारण राजश्वमा समेत बृद्धि भएको र स्थानिय तथा प्रदेश तहमा भएको केही दोहोरो कर का विषयमा समिति बनेको समेत र उक्त समस्या समाधान हुने मन्त्री खतिवडाले बताए । पछिल्लो समय केही कुरामा सार्वजनिक खरिद ऐनमा टेकेर गरिने कुृराहरुले केही समस्या देखिएकाले सर्वाजनिक खरिद ऐन फेरवदल गर्ने र अव कसैले खेल्न नसक्ने ऐन निमार्ण तर्फ लागेको समेत मन्त्री खतिवडाले जानकारी दिनुभयो ।
एवीसी टेलिभिजनको कार्यक्रम आउटलुक आज राती ९ बजे भोली विहान ७ बजे पुन प्रशारण हुने छ ।







प्रतिक्रिया दिनुहोस्