ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली सेनाबाट युद्धकला सिक्ने सबै भन्दा बढी चीन


एबीसी न्यूज

 

काठमाडौं, २३ पुस । नेपाली सेनाद्वारा यहाँ सञ्चालित प्रतिविद्रोह तथा जङ्गल ‘वारफेयर’ शिक्षालय अहिले विदेशी सैनिकलाई समेत जङ्गल युद्धकला सिक्ने उत्कृष्ट तालीम केन्द्र बन्न पुगेको छ ।

पछिल्लो वर्षयता विशेषगरी अमेरिका, चीन तथा भारतका सैनिक अधिकृतका लागि प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद क्षमता अभिवृद्धि गर्न शिक्षालय पहिलो रोजाइ नै बन्न पुगेको छ । नेपाली सेनाका अधिकृत क्याडरका लागि शिक्षालयको तालीम अनिवार्य त छँदैछ ।

विशेषगरी सुरक्षा अङ्गको प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद क्षमता अभिवृद्धि गर्न जङ्गल युद्धकला तालीम अति महत्वपूर्ण अङ्ग मानिन्छ ।

शिक्षालयका प्रमुख महासेनानी गौरवकुमार केसीका अनुसार शिक्षालयबाट भारतका छ, पाकिस्तानका सात, बङ्गलादेशका पाँच, मलेशियाका एक, चीनका २०, श्रीलङ्काका आठ, अमेरिकाका चार, कोरियाका आठ, केन्याका एक र म्यान्माका दुई सैनिक अधिकृतले अत्यन्त कठिन जङ्गल युद्धकलाको तालीम शिक्षालयबाट प्राप्त गरिसकेका छन् ।

विसं २०६७ देखि ती देशका सैनिक अधिकृत यस्तो तालीम लिन शिक्षालयमा आउन शुरु गरेका थिए । विदेशी सेनाका लागि तालीम खुला भएसँगै छिमेकी देशलगायत अन्य देशका सैनिक यहाँ तालीम लिन पहिलो रोजाइमा परेको बताइन्छ ।

यसैगरी सो शिक्षालयबाट नेपाली सेनाका १३ हजार ४३२ अधिकृत क्याडरले हालसम्म तालीम प्राप्त गरेका छन् । पछिल्लो समय सेनाका अधिकृत क्याडरका लागि यहाँस्थित जङ्गल युद्धकला र जोमसोमस्थित उच्च हिमाली युद्धकलामध्ये एक तालीम अनिवार्य गरिएको छ ।

विसं २०३४ मा नेपाली सेनाले यहाँ वारफेयर शाखा स्थापना गरी तालीमको शुभारम्भ गरेको थियो । यसपछि विसं २०५५ मा शाही नेपाली सैनिक जङ्गल शिक्षालय, विसं २०६३ मा सैनिक जङ्गल वारफेयर शिक्षालय, विसं २०६६ मा प्रतिविद्रोह तथा जङ्गल वारफेयर शिक्षालयमा रूपान्तरण भएको थियो ।

बारा, जितपुर नगरपालिका–२१ मा अवस्थित सो शिक्षालय १२३ बिघामा फैलिएको छ । विशेषगरी सैनिक तथा सुरक्षा अङ्गका लागि शिक्षालयले प्रदान गर्ने जङ्गल युद्धकला तालीम विश्वमा उत्कृष्ट तालीमभित्र पर्ने बताइन्छ ।

महासेनानी केसी भन्नुहुन्छ, “विदेशी सैनिकले यहाँ सिकेका ज्ञान, सीप तथा दक्षतालाई आफ्नो देशमा प्रदान गर्दछन् ।” नेपाली सेनाको प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद क्षमतालाई अभिवृद्धि गर्न आवश्यक जनशक्ति उत्पादन गर्ने ध्येयले स्थापित सो शिक्षालयले पछिल्लो समय ती विषयमा गहन विश्लेषण गरी सम्बन्धित निकायमा सुझावसमेत दिने गर्दछ । शिक्षालयले भविष्यमा आइपर्नसक्ने विद्रोह तथा आतङ्कवादसित समान गर्न सक्नेगरी आफ्ना तालीमका पाठ्यक्रमलाई परिमार्जन गर्दै जाने नीतिसमेत लिएको छ ।

साथै शिक्षालयले आवश्यकताअनुसार सुरक्षा निकायका अन्य अङ्गलाई पनि ती विषयमा तालीम प्रदान गर्ने गर्दछ । विगतको द्वन्द्वका समयमा सो शिक्षालयबाट करीब १५० जनाभन्दा बढी प्रहरीले तालीम लिएका थिए ।

तालीमको अवधि कम्तीमा १० हप्ताको रहेको छ । शिक्षालयले जङ्गल युद्धकलाको प्रशिक्षक प्रशिक्षण (टिओटी) पनि उत्पादन गर्दछ । तालीमका विधिअन्तर्गत जङ्गल युद्धकलासम्बन्धी सैद्धान्तिक कक्षा, प्रस्तुतीकरण, कक्षामा अध्ययन गरेका विषयलाई स्थलगतरूपमा व्यावहारिक अभ्यास रहेको महासेनानी केसीले बताए ।

उनले भने, “रिभर क्रसिङ, फाइरिङ, पोक्चरिङ, २० केजी बोकेर रनिङलगायत अभ्यास तालीमका क्रममा अनिवार्य रहेको छ ।” तालीमका अवधिमा ती अभ्यास गर्न शिक्षार्थीलाई अनिवार्य जङ्गलमा छाडिन्छ ।

उनीहरूले जङ्गलमा पाइने कन्दमूल, जडीबुटी खाएर दिन रात बिताउनुपर्छ । कम्तीमा तीन दिन र बढीमा सात दिनसम्म जङ्गलमा बिताउनुपर्छ । तालीमका अवधिमा जङ्गलमा कस्ताकस्ता कन्दमूल, जडीबुटी पाइन्छ, तीमध्ये कुन खाने हुन, पानीको मात्रा कसरी पूरा गर्ने, वन्यजन्तुको आक्रमणबाट कसरी जोगिने, उनीहरूलाई कसरी संरक्षण गर्ने, प्राथमिक उपचार, विपद्का समयमा मानवीय सेवालगायतका विषयमा ज्ञान दिइने शिक्षालयले जनाएको छ ।

पछिल्लो समयमा सेनाको प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद क्षमता अभिवृद्धि गर्न विकसित देशले आफ्नो लगानी वृद्धि गरिरहेको बताइन्छ । अर्कोतर्फ सम्बन्धित देशका भू–राजनीतिक अवस्थाका कारण पनि यस किसिमका तालीमको महत्व विश्वमा दिनप्रतिदिन बढ्दै गएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com