ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कान्ति बाल अस्पताललाई सरकारले आर्थिक सहायता दिने


admin
पुस २२, २०७५ आईतबार  ३ : ०३ बजे

 

काठमाडौं, २२ पुस । सरकारले कान्ति बाल अस्पतालका लागि ५ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले कान्ति बाल अस्पतालमा ब्लड क्यान्सरको उपचारका लागि आवश्यक व्यवस्था गर्न ५ करोड आर्थिक सहायता उपलब्ध गराउने घोषणा गर्नु भएको हो ।

आईतबार सो अस्पतालको ५७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले कान्ति लगायतका सरकारी अस्पतालहरुको स्तरोन्नतिका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गर्ने नीति लिएको पनि स्पष्ट पार्नु भयो ।

राज्यमन्त्री यादवले स्वास्थ्य सेवालाई सहज बनाउने संवैधानिक व्यवस्था भएपनि बजेट र जनशक्तिको अभावमा सो काम तत्काल गर्न सक्ने अवस्थामा सरकार नरहेको पनि स्पष्ट पार्नु भयो ।

अस्पतालले बाल स्वास्थ्यका सबै विशिष्टिकृत सेवाहरुको स्थापना गर्दै बाल स्वास्थ्य सम्बन्धि अध्ययन, अध्यापन र राष्ट्रिय अनुसन्धान केन्द्रसहितको बाल स्वास्थ्य अध्ययन प्रतिष्ठानको रुपमा विकास गराउने लक्ष्य लिएको छ । अस्पतालका निर्देशक डा. गणेशकुमार राईले सो लक्ष्य प्राप्तीमा नेपाल सरकारको पूर्ण साथ रहने विश्वास पनि व्यक्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु,पार्किङ विवादले लियो उग्र रूप

सम्बन्धित

समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ?

रुपन्देही–२ मा सहकारी मुद्दा रास्वपा उम्मेदवारलाई चर्को पर्दै, पिडितहरुको नाराबाजी, रवि चुनावी यात्रामा

४२ सयले घट्यो सुनको भाउ, चाँदीको कति पुग्यो ?

सुनको भाउ आज तोलामा १४ हजार ४०० रुपैयाँले बढ्यो

व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरण आवश्यक

सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com