सर्लाही, ५ असोज । सर्लाहीको रामनगर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
कांग्रेसबाट अध्यक्षको उम्मेदवार बनेका कृष्णप्रसाद बर्मा ३ हजार ९ सय ८३ मत सहित निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा नितुदेवी यादव ३ हजा। ९ सय ५७ मत सहित निर्वाचित भएकी छिन् । अध्यक्ष निकटम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका बाबुलाम राय यादवले भने ३ हजार ३ सय १६ मत मात्र गरेका थिए । त्यस्तै, उपाध्यक्षका प्रत्यासी माओवादीकी गीता देवीले भने ३ हजार ४ सय २७ मत गरेकी थिइन ।
प्रतिक्रिया दिनुहोस्