ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई सय विद्यार्थीलाई न्यानो कपडा वितरण


admin

दमौली, १९ पुस । तनहुँको व्यास नगरपालिका–१ ले वडाभित्र सञ्चालनमा रहेको तीन सामुदायिक विद्यालयका २०० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

वडा कार्यालयले भादगाउँस्थित निर्मल माध्यमिक विद्यालय, जलदेवी माध्यमिक र मुसेखोलास्थित जनसेविका आधारभूत विद्यालयमा अध्ययनरत विपन्न एवं जेहेन्दार छात्रछात्रालाई न्यानो कपडा वितरण गरेको हो ।

निर्मल माविका १००, जलदेवी माविका ८० र जनसेविका आधारभूत विद्यालयका २० विद्यार्थीलाई स्वेटर र टोपी प्रदान गरिएको वडाध्यक्ष खरसिंह दरैले बताउनुभयो । उहाँले आर्थिकरूपमा विपन्न बालबालिकालाई सहयोग गर्नु सबैको दायित्व रहेको भन्दै वडाभित्र सञ्चालित अन्य विद्यालयका विद्यार्थीलाई समेत न्यानो कपडा वितरण गरिने जानकारी दिनुभयो ।

विद्यार्थीद्वारा विद्यार्थीलाई नै सहयोग 

तनहुँको दमौलीस्थित बाराही आवासीय माविमा अध्ययनरत विद्यार्थीले रिसिङ गाउँपालिका–१ कोइदिमस्थित अमर माध्यमिक विद्यालयका छात्रछात्रालाई बुधबार न्यानो कपडा सहयोग गरेका छन् । तिहारमा विद्यार्थी र शिक्षकले देउसीभैलो खेलेर सङ्कलन गरेको रकमले अमर माविका ७८ छात्रछात्रालाई न्यानो कपडा वितरण गरिएको शिक्षक विपीन गौलीले जानकारी दिनुभयो ।

बाराहीका विद्यार्थीले विगत तीन वर्षदेखि जिल्लाका विभिन्न ठाउँमा सञ्चालित विद्यालयका विद्यार्थीलाई सहयोग गर्दै आएका छन् । अमर माविका प्रधानाध्यापक कर्मसिं थापाले विद्यार्थीद्वारा विद्यार्थीलाई नै सहयोग गर्ने कार्य उदाहरणीय रहेको बताउनुभयो ।

समायोजन आवेदन भर्न सहायता कक्ष 

जिल्ला प्रशासन कार्यालय तनहुँले सरकारी कर्मचारीलाई समायोजनको लागि अनलाइन आवेदन भर्न सहयोग पु¥याउने उद्देश्यले बुधबारदेखि सहायता कक्षा सञ्चालनमा ल्याएको छ ।

कर्मचारी समायोजन अध्यादेश, २०७५ जारी भइसकेको र कर्मचारीलाई समायोजनको लागि अनलाइन आवेदन भर्न सहयोग पु¥याउन कार्यालयले प्रशासकीय अधिकृत रामप्रसाद ढकालको संयोजकत्वमा सहायता कक्षा सञ्चालनमा ल्याएको हो ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले सहायता कक्षले अनलाइन आवेदन भर्न नसक्ने कर्मचारीको लागि आवेदन भर्न सहयोग पु¥याउने जानकारी दिनुभयो । साथै सोही कक्षबाट कर्मचारीको अभिलेख राख्नसमेत सहयोग गरिने उहाँले बताउनुभयो ।

सहायता कक्षामा प्रशासन कार्यालयका नायब सुब्बा पुष्पराज गिरी र सहायक कम्प्युटर अप्रेटर प्रेमबहादुर आले सहयोगी कर्मचारीको रूपमा खटिनुभएको छ ।

सहायता कक्षा बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुस ११ गते सूचना प्रकाशित गरी समायोजनका लागि अनलाइन आवेदन भर्न कर्मचारीलाई अनुरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com