ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बारीमा फलाएको तरकारीले बजार नपाएपछि..


admin

 बनेपा, १७ पुस । दुःख गरेर बारीमा फलाएको तरकारीले बजार नपाएपछि काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–२, नाग्रेगगर्चेका किसान आफैँ खाने र बाँकी रहेको तरकारी आफन्तलाई बाँडेरै सिध्याउन बाध्य भएका छन् ।

किसानले बारीमा फलाएको गोलभेँडा, काउली, खुर्सानी, प्याज, लसुन, काँक्रोलगायतका तरकारी स्थानीयस्तरमा बिक्री नहुने र बजारसम्म पु¥याउनको लागि सवारीसाधनको सुविधा नहुँदा बिक्री नहुने समस्या रहेको बताउँछन् ।

नाग्रेगगर्चेका किसान मानध्वज लामाले उत्पादन गर्दै आएको तरकारी गाउँमा नै बिक्री गर्दै आएको भएपनि सोचेअनुसार बिक्री नहुँदा निराश भएको बताउनुहुन्छ ।

‘‘धेरै उत्पादन गर्दा भनेजस्तो बिक्री नभएपछि अलिअलि गरेर उत्पादन गर्दै आइरहेको छु’’ लामाले भन्नुभयो,“अहिले मेरो बारीमा गोलभँेडा, काउली, बन्दा र लसुनलगायतका तरकारीखेती गरिएको छ ।” तरकारी उत्पादन गर्दै आएका त्यहाँका किसानले यसअघि धेरै गोलभेँडा फलाएपछि बिक्री नहुँदा असन्तुष्टी बढेको छ ।

यस गाउँमा धेरैजसो तरकारीखेती आफूले गरेको र अरुलाई पनि उत्पादन गर्न सुझाव दिएको बताउने लामाले आफ्नै कारणले खेती गरेर फलाएको गोलभेँडा बिक्री नभएपछि सबैजनाले उल्टै गाली गरेको उहाँको भनाइ छ । ‘

‘बजारमा पठाऔँं गाडीको समस्या छ, नपठाऔँ त उत्पादन भएको तरकारी बिक्री हुँदैन’’ उहाँले थप्नुभयो, “पहिला हामीलाई तरकारी धेरै उत्पादन गर्न सकेको खण्डमा हामी बजार व्यवस्थापनको लागि पहल गर्छौं भनियो तर अहिले जति हारगुहार गर्दा पनि वास्ता गरेन ।”

आफ्नो खेती खेदेर गाउँलेलाई पनि तरकारी खेती गर्न लोभ लागोस् भनेर नमूनाको रुपमा काम गर्दै आएको उहाँको भनाइ छ । तरकारी फलाएर बजार नपाएपछि त्यहाँका किसानले शहरमा बस्ने छोराछोरीलाई पठाउनेदेखि आफन्तलाई बाँडेर सिध्याएको किसानको भनाइ छ ।

‘‘हामीले वडा कार्यालयसँग सङ्कलन केन्द्र बनाइदिन माग गरेका छौँ ।’’ लामाले भन्नुभयो, ‘‘त्यति मात्र गरिदिए पनि हामीले गरेको दुःखको कदर हुनेथ्यो ।’’ अर्का किसान अशोक मोक्तानले टनेल खेतीमा काँक्रो र गोलभेँडा लगाएर राम्रो उत्पादन गरेपनि सोचेजस्तो बजार नपाएको बताउनुभयो ।

अलिअलि त गाउँमा नै भएको होटलमा त केही मात्रामा गाउँमा केहीले किन्ने गरे पनि फलेका तरकारी सबै बिक्री गर्न नसक्दा त्यसलाई व्यवस्थापन गर्न नै समस्या हुने गरेको उहाँको भनाइ छ ।

‘‘उत्पादन भएको तरकारी बिक्री हुने गरेको भए किसानमा थप जागरुक पैदा हुन्थ्यो, तर आफूले गर्छु भने पनि ढुवानीको समस्याका कारण बजार व्यवस्थापन नभएपछि किसानहरु अन्य व्यवसायतर्फ आकर्षित हुन थालेका छन्’’, मोक्तानले भन्नुभयो, “उत्पादन भएका तरकारी बिक्री गर्न नपाउँदा तरकारी खेतीप्रतिको आकर्षण घट्दै गएको छ ।”

मकवानपुरको टिस्टुङ पालुङमा दुई वर्ष तरकारी खेती गरेर गाउँमा नै फर्कनु भएका गाउँमा उदाहरण बनेर देखाउँछु भन्ने हिम्मत बोकेर काम गर्दा पनि त्यो खालको वातावरण पाउन नसकेको उहाँले बताउनुभयो । नाग्रेगगर्चे महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष लक्ष्मी लामाले महिलाको आयआर्जनको मुख्य स्रोत भनेको कृषि नै भए पनि यसको बजार नभएको कारणले गर्दा आम्दानी खासै नभएको बताउनुभयो ।

‘‘कृषिमा तरकारी खेतीबाट बजार राम्रो नभएका कारण खासै आम्दानी हुँदैन, कुखुरा बाख्रा बेचेर आएको पैसा चाही महिला दिदीबहिनीले सहकारीमा जम्मा गर्न आउने गरेका छन्’’ लामाले भन्नुभयो ।

सो क्षेत्रमा तरकारी खेतीका लागि सहयोग गर्दै आएका संस्था कारितास नेपालका जिल्ला संयोजक सुवास सापकोटाले आयआर्जनमा टेवा पु¥याउनको लागि सहयोग गर्दै आइरहको बताउनुभयो ।

‘‘हामीले बोसिपारिक साविक तीनवटा गाविस (हालको तीनवटा वडा सानोवाङथली, नाग्रेगगर्चे र माझीफेदा) मा पशुपालनसम्बन्धी बाख्रा किन्न र गोठसुधार गर्न एवं कृषि क्षेत्रमा बीउबीजन र टनेला सेट नै दिएर सहयोग गरिरहेका छौँं ।’’

त्यससँगै फलफूल र मौरीपालनलगायतका कामको लागि सहयोग गर्न प्रतिघर रु २२ हजारको दरले तीन वटा वडाका एक हजार तीन घरधुरीलाई आर्थिक सहयोग गरेको उहाँले बताउनुभयो ।

त्यससँगै गाउँपालिका र वडा कार्यालयसँग मिलेर संयुक्त रुपमा सङ्कलन केन्द्र स्थापना गर्न कार्य अगाडि बढिरहेको उहाँले बताउनुभयो । सो वडाका वडाध्यक्ष दिनेश लामाले किसानले उत्पादन गरेको तरकारीलाई बजारसम्म पु¥याउनको लागि तरकारी सङ्कलन केन्द्र स्थापना गर्ने विषयमा सङ्कलन केन्द्र खोल्न बजेटको व्यवस्था गरिसकेको बताउनुभयो ।

‘‘गाउँपालिकाले यसैवर्ष नौवटा वडामा नौ वटामा सङ्कलन केन्द्र स्थापना गर्न बजेट छुट्याइएको छ’’ लामाले भन्नुभयो, “केही वर्ष अगाडिसम्म यहाँका मान्छेले शहरबाट गाउँमा आउँदा प्रत्येकले प्लास्टिकमा गोलभेँडा लिएर आउने गर्थेे, अहिले त्यो छैन, आफ्नै घरबारीमा उत्पादन गरेर खाने र बिक्री गर्न सक्नेसम्मको भएको छ ।”

सो वडाको ४४७ घरले टनेल पाइसकेको छ । सहयोगी सस्ंथा कारितासले तरकारी खेतीको लागि सहयोग गरी थप हौसल्ला दिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com