वीरगन्ज, ५ असोज । सबै राजनीतिक दलको प्रतिष्ठाको महानगर वीरगन्जमा राष्ट्रिय जनता पार्टीलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता लिएको छ ।
पछिल्लो पत परिणाम अनुसार नेपाली कांग्रेसका मेयर उम्मेदवारले २ हजार ६ सय ४ मत पाएका छन् भने राजपाका मेयर उम्मेदवारले २ हजार ५ सय ५८ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेको संघीय समाजवादी फोरमका मेयर उम्मेदवारले १ हजार ७ सय ८५ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवारले १ हजार ३ सय ७० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवारले भने १ हजार २ सय ३३ मत मात्र प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्