ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुकुम पूर्वमा ५६ मुद्दा दर्ता


admin
पुस १६, २०७५ सोमबार  ३ : ५४ बजे

रुकुम, १६ पुस । नयाँ जिल्लाको मान्यता पाएदेखि हालसम्म रुकुम (पूर्वी भाग)को जिल्ला प्रहरी कार्यालयमा विभिन्न शीर्षकमा ५६ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये ३६ मुद्दा फछ्र्यौट भइसकेका छन् भने २० मुद्दा चालू अवस्थामा रहेका छन् । सबैभन्दा बढी भवितव्य ज्यानका १४ वटा मुद्दा दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्वी भाग) ले नयाँ जिल्लाको मान्यता पाएदेखि हालसम्म भएका घटना र प्रहरीले गरेका कामका बारेमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै यस्तो बताएको हो । जिल्ला प्रहरी कार्यालयले प्रस्तुत गरेको प्रतिवेदनअनुसार ज्यान मार्ने उद्योगमा छ चोरी, जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योगका पाँच÷पाँच वटा घटना भएका छन् ।

सार्वजनिक अपराध र आत्महत्या मृत्युका चार÷चार वटा मुद्दा दर्ता भएका छन् । सवारी ज्यानको तीन, हतियार खरखजना, विष सेवनबाट मृत्यु र बहुविवाहका दुई÷दुई, गर्भपतन, सरकारी छाप कीर्ते, आगलागी, कुटपिट पारी व्यक्ति बेपत्ता पारिएको एक÷एक वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

जिल्ला टुक्रिएदेखि हालसम्मको अवधिमा ६० जना अभियुक्त पक्राउ परेकामा सात जना बालक रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सात बालकलाई सामान्य तारीखमा र धरौटीमा छाडिएको प्रहरीको भनाइ छ ।

वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले २८ जना अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको बताउनुभयो । छ जना अभियुक्त फरार रहेको उहाँको भनाइ छ । प्रहरीले जिल्लाको सात रोपनी जग्गामा गरिएको लागुऔषध गाँजा खेती र आठ बिघा १० कट्ठामा गरिएको अफिम खेती नष्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

सम्बन्धित

कांग्रेस सभापति थापाले सार्वजनिक गरे सर्लाही ४ का लागि आफ्नो प्रतिज्ञा पत्र (पूर्णपाठ)

सामाजिक सञ्जालमा भ्रम नछरी अनुसन्धानमा आउन तुलसालाई प्रहरीको अनुरोध

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

दोलखामा शिव भण्डारीसहितका नेताहरु एमालेमा समाहित, गुरुङलाई फराकिलो जीतका लागि सहज

कार्की आयोगको प्रतिवेदन चुनावपछि मात्रै, १० हजार भिडिओबाट सयौँको पहिचान, आगजनीमा संलग्न ९ व्यक्ति प्रतिनिधिसभाका उम्मेदवार

सिन्धुलीमा निर्माणाधीन हिमालयन फुड कम्पनीमा झडप, पाँच चिनियाँसहित सात जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com