ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विमानस्थल विस्तार गर्न २५० बिगाहा जग्गा अधिग्रहण


admin
पुस १६, २०७५ सोमबार  २ : २३ बजे

विराटनगर, १६ पुस । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विस्तार गर्न अविलम्ब २५० बिगाहा जमीन अधिग्रहण गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले नेपाल नागरिक उड्डयन प्राधिकरणको २०औँं वार्षिकोत्सवका अवसरमा विराटनगर विमानस्थलद्वारा आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन तीन हजार मिटर धावनमार्ग बनाउन विमानस्थल पश्चिततर्फको जग्गा मुआब्जा दिई अधिग्रहण गर्न ढिला नगर्न जोड दिनुभयो ।

मुख्यमन्त्री राईले विराटनगर विमानस्थलको विस्तार एवं स्तरोन्नतिका लागि विमानस्थलको आवश्यक विवरण सङ्कलन गरेको जानकारी दिँदै आगामी हप्ता प्रधानमन्त्री र पर्यटनमन्त्रीसँग भेटी निर्णय गरिने बताउनुभयो ।

उहाँले यस विमानस्थलबाट प्रदेशका १३ स्थानलगायत पोखराका लागि उडान चाँडै सुचारु गर्ने बताउँदै यस विमानस्थलमार्फत स्वदेशी र विदेशी पर्यटकलाई सगरमाथा क्षेत्रमा पु¥याउन प्रदेश सरकार आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आन्तरिक तथा कानूनमन्त्री हिक्मत कार्कीले क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक डिपीआर तयार भएमा सङ्घीय सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गर्न सकिने बताउनुभयो ।

उहाँले विमानस्थल विस्तारको लागि आवश्यक जग्गाको मुआब्जाको रकमको कुनै पनि कमी नभएको बताउँदै यसलाई क्षेत्रीय अन्तरदेशीय विमानस्थलको विस्तार गरी यात्रुलाई आवश्यक सुविधा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश सदस्य चुमनारायण तवदारले प्रदेशलाई उत्कृष्ट बनाउन विमानस्थल विस्तारका लागि आवश्यक रणनीति तयार गर्नुपर्नेमा जोड दिँदै यस कार्यमा सरकारलाई साथ दिने धारणा व्यक्त गर्नुभयो ।

विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक टेकनाथ सिटौलाको सभापतित्वमा भएको उक्त कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, प्रदेश नं १ का उद्योग वाणिज्य कार्यालयका उपाध्यक्ष राजेन्द्र राउतले भारतको वागडोगरा विमानस्थलबाट नेपाली हवाई यात्रुको छोटो दुरीको अन्तर्राष्ट्रिय उडान न्यूनीकरणका लागि विराटनगर विमानस्थलबाट चाँडै नै छोटो दुरीको अन्तर्राष्ट्रिय उडान शुरु गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

विराटनगर विमानस्थलबाट अहिले काठमाडौंका लागि चार वायुसेवा कम्पनीका दैनिक आवातजावत गरी २८ उडानका साथै तुम्लिङटार र साप्ताहिक रुपमा पर्वतीय उडान भइरहेका छन् । सन् २०१८ को ११ महीनामा यस विमानस्थल हुँदै चार लाख ८५ हजार ६९ यात्रुले आवतजावत गरेका थिए ।

विमान प्रयोग गर्ने यात्रुको सङ्ख्यामा यसवर्ष १४ प्रतिशतले वृद्धि भएको छ । विराटनगर विमानस्थलले आर्थिक वर्ष २०७४-७५ मा रु आठ करोड ४७ लाख राजश्व सङ्कलन गरेको सोही अवसरमा बताइयो । विराटनगर विमानस्थल २०२५ असार ९ गतेदेखि सञ्चालित रहेको छ । यो काठमाडौँपछि दोस्रो ठूलो विमानस्थलको रुपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

सम्बन्धित

कांग्रेस सभापति थापाले सार्वजनिक गरे सर्लाही ४ का लागि आफ्नो प्रतिज्ञा पत्र (पूर्णपाठ)

सामाजिक सञ्जालमा भ्रम नछरी अनुसन्धानमा आउन तुलसालाई प्रहरीको अनुरोध

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

दोलखामा शिव भण्डारीसहितका नेताहरु एमालेमा समाहित, गुरुङलाई फराकिलो जीतका लागि सहज

कार्की आयोगको प्रतिवेदन चुनावपछि मात्रै, १० हजार भिडिओबाट सयौँको पहिचान, आगजनीमा संलग्न ९ व्यक्ति प्रतिनिधिसभाका उम्मेदवार

सिन्धुलीमा निर्माणाधीन हिमालयन फुड कम्पनीमा झडप, पाँच चिनियाँसहित सात जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com