ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विभिन्न विद्यालयमा खानेपानीको समस्या


admin
पुस १६, २०७५ सोमबार  १२ : ३५ बजे

बैतडी, १६ पुस । हिउँदयामको शुरुआत भएसँगै जिल्लाका विभिन्न विद्यालयमा खानेपानी अभाव हुन थालेको छ । सुर्नया गाउँपालिका–४ मा अवस्थित राष्ट्रिय माध्यमिक विद्यालय फाटीगडामा खानेपानी नहुँदा त्यहाँका विद्यार्थी र शिक्षकले समस्या व्यहोर्नु परेको प्रधानाध्यापक गङ्गादत्त भट्टले बताउनुभयो ।

करीब ४५० विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा पानीको अभावले शौचालय पनि बन्द गर्नुपरेको उहाँको गुनासो थियो । पानी खानका लागि पनि वडा कार्यालय र स्थानीय व्यापारी कहाँ जानुपर्ने भएकाले पढाइमा बाधा हुने गरेको कक्षा १० मा अध्ययनरत छात्रा लीलावती भाटले बताउनुभयोे ।

उक्त विद्यालयमा पहिले केयर नेपाल संस्थाले पानीट्याङ्की र धाराको व्यवस्था गरेकामो त्यो बिग्रेपछि करीब आठ वर्षयता पानीको अभाव हुँदै आएको छ ।

यस्तै दोगडाकेदार गाउँपालिका–५ स्थित खोदमनाथ प्राथमिक विद्यालयमा खानेपानी अभाव भएको प्रधानाध्यापक करवीरराम सार्कीले जानकारी दिनुभयो ।

दलित बालबालिका मात्रै अध्ययनरत सो विद्यालयमा खानेपानी ल्याउनका लागि कतैबाट पहल हुन सकेको छैन उहाँले भन्नुभयो, “विद्यालयमा पानी उपलब्ध गराउन नसक्दा पठनपाठनमा समेत बाधा पुगेको छ ।”

सन्ताननब्बे बालबालिका अध्ययनरत उक्त विद्यालयमा पानीको अभावमा विद्यालय खाजा कार्यक्रमका साथै विद्यालयको सरसफाइमा समेत असर परेको प्रधानाध्यापक सार्कीले बताउनुभयो । कक्षा ३ सम्म पढाइ हुने यस विद्यालयमा स–साना बालबालिका पानीको अभाबले भौतारिने हुँदा धेरै टाढाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको उहाँको गुनासो थियो ।

यस्तै पुर्चाैडी नगरपालिका वडा ३ नकालीमा पनि खानेपानी अभाव भएको छ । हिउँद शुरु भएसँगै गाउँमा पनि खानेपानीको समस्या शुरु भएको स्थानीय कर्णबहादुर धाँमीले जानकारी दिनुभयो । हिउँदमा सबै पानीका मूल सुकेपछि खानेपानीको हाहाकार भएको हो ।

गाउँमा दुईवटा कुवामात्रै भएको र त्यहाँको पानी स्थानीयवासीलाई नै नपुग्ने सोही स्थान निवासी अनिरुद्र जोशीले जानकारी दिनुभयो । वडा नं ३ मा देखिएको खानेपानी समस्या समाधान गर्न गत आर्थिक वर्षमा पुरचौँडी नगरपालिकाले रू तीन लाख ५० हजार उपलब्ध गराएको थियो ।

यसैगरी ठूलीगाड सिराड पन्तनकाली खानेपानी योजनाका लागि विनियोजन गरिएको रकम पनि पाइप खरीद र आधाजति पाइप विच्छयाउने काममात्रै भएको उहाँले बताउनुभयो ।

योजना अपुरो भएकाले खानेपानी उपलब्ध हुने स्थानीयवासीको आशा निराशामा परिणत भएको छ । यस्तै पानीको अभावमा विणेश्वर माविको शौचालय प्रयोग हुन सकेको छैन । यस्तै पानीको अभावमा स्थानीय प्रसूति सेवा केन्द्रले प्रदान गर्ने सेवामा समेत समस्या भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महाधिवेशनको दिशामा नेकपा ःसांसद, मल्ल, नेकपा , भिडियो

प्रधानमन्त्रीको भारत भ्रमण ः सीमाविद् , श्रेष्ठ भिडियो

सम्बन्धित

‘मालिक होइन, सेवक बनौँ’ — रास्वपा सांसदलाई रवि लामिछानेको १२ बुँदे कडा निर्देशन

अध्यादेश दल फुटाउन वा विपक्षी थुन्न होइन, सुधारका लागि हो : रास्वपा

सरकारले राष्ट्रपति कार्यालय पठायो थप तीन अध्यादेश

सरकारले फेरि बढायो गाडी भाडा, अब कति पुग्यो ?

बैँकले खातावालालाई नै उपस्थित गराउन भनेपछि बहिनीको कङ्काल लिएर पुगे दाजु

झण्डै दुई तिहाइ बहुमतको सरकारले किन संसद् छल्दै अध्यादेशको बाटो रोज्यो?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com