ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनलाइन कारोवारका लागि छुट्टै खाता खोल्न स्टकको आग्रह


admin
पुस १३, २०७५ शुक्रबार  ८ : ०३ बजे

काठमाडौं,१३ पुस । नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीका लागि बैंकका अलग्गै खाता खोल्न लगानीकर्तालाई आग्रह गरेको छ ।

स्टकले पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली सञ्चालनमा ल्याएको भए पनि राफसापका लागि धितोपत्र दलाल व्यवसायीकहाँ नै जानुपर्ने बाध्यतालाई अन्त्य गर्न छुट्टै बैंक खाता तोकिएका बैंकमा खोल्न लगानीकर्तालाई आग्रह गरेको हो ।

लगानीकर्ताले धितोपत्र दलाल व्यवसायी कहाँ खोलेको कारोवार खाताको व्यक्तिगत विवरण अद्यावधिक गर्न, हितग्राही खाताको सम्पूर्ण जानकारी दिन, एक हितग्राही खातामा एउटा मात्रै कारोवार खाता आबद्ध गर्नसमेत आग्रह गरेको छ ।

नेप्सेले तोकेको राफसाफ बैंकमा कारोवारका लागि अलग्गै खाता खोली धितोपत्र दलाल व्यवसायीसँग रकमान्तर गर्ने व्यवस्था मिलाउन र त्यस्तो बैंकबाट ई बैंकिङ सुविधा अनिवार्य रुपमा लिने व्यवस्था गर्न लगानीकर्तालाई अनुरोध गरेको छ ।

व्यवसायीलाई अनिवार्य रुपमा आफूले चलाइरहेको इमेल ठेगाना उपलब्ध गराउन, तोकिएको कारोवार सदस्य ग्राहक सम्झौता गर्न, आवश्यकता अनुसार रकम जम्मा गरी व्यवसायीबाट कारोवार सीमा लिन, कारोवारबाट बाँकी रकम बैंकिङ प्रणालीबाट फिर्ता लिन व्यवसायीलाई अनुरोध गर्ने र त्यस्तो अनुरोध प्राप्त भएको २४ घण्टाभित्र रकम प्राप्त भएको सुनिश्चित गर्न, हितग्राही खातामा रहेको रकममा मात्र बिक्री गर्न सकिने र धितोमा राखेको वा रोक्का रहेको धितोपत्र बिक्री नगर्न ध्यानकर्षण गराएको छ ।

नेप्सेले यही पुस १७ गते बैंकिङ प्रणालीसँग एकीकृत गरी अनलाइन कारोवार प्रणालीलाई थप व्यवस्थित गर्न लागेको छ । गत कात्तिक २० गतेदेखि सञ्चालनमा आएको पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीमा समस्या आएपछि थप सुधारसहित मङ्सिरको दोस्रो सातादेखि उक्त प्रणाली सञ्चालनमा ल्याएको छ ।

नेप्सेले कारोवारका लागि विभिन्न चार बैंकलाई तोकेका छ । त्यसमा नेपाल इन्भेस्टमेन्ट बैंक, प्रभु बैंक, ग्लोबल आइएमइ र सिद्धार्थ बैंक छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

सम्बन्धित

समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ?

रुपन्देही–२ मा सहकारी मुद्दा रास्वपा उम्मेदवारलाई चर्को पर्दै, पिडितहरुको नाराबाजी, रवि चुनावी यात्रामा

४२ सयले घट्यो सुनको भाउ, चाँदीको कति पुग्यो ?

सुनको भाउ आज तोलामा १४ हजार ४०० रुपैयाँले बढ्यो

व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरण आवश्यक

सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com