ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काङ्ग्रेसले मेलमिलाप दिवस मनाउने


admin
पुस १२, २०७५ बिहीबार  ५ : ०२ बजे


काठमाडौं,१२ पुस । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा नेपाली काङ्ग्रेसले देशभर आमसभा, गोष्ठी, ¥याली, कोणसभालगायत कार्यक्रम गर्ने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले हालै सम्पन्न महासमिति बैठकमा मेलमिलाप दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गरी सङ्गठनलाई चुस्त, गतिशील र प्रभावकारी बनाउन आह्वान गर्नुभएको थियो ।

काङ्ग्रेसले महासमिति बैठकबाट पारित विधानअनुसार पार्टी सङ्गठनलाई विस्तार र सुदृढीकरण गर्न यसै दिवसदेखि विभिन्न अभियानको थालनी गर्ने समेत तयारी गरेको छ ।

विसं २०३३ साल पुस १६ गते काङ्ग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाका साथ लौहपुरुष गणेशमान सिंह र अन्य शीर्षनेताहरुसहित आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्कनुभएको दिनलाई काङ्ग्रेसले हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।

दिवसलाई प्रभावकारी बनाउन काङ्ग्रेसले ७७ जिल्लामा केन्द्रीय सदस्यलाई प्रतिनिधिका रुपमा खटाएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेश : राजनीतिक नियुक्तिको सफाया- के यो साँच्चै सुधार वा सत्ता स्वार्थको नयाँ खेल ?

रुपन्देहीमा बस दुर्घटना, दुई जनाको मृत्यु

सम्बन्धित

टहरो गुमाउँदा लुगा फेर्न र जुत्ता लगाउनसमेत नपाएको गुनासो

‘मालिक होइन, सेवक बनौँ’ — रास्वपा सांसदलाई रवि लामिछानेको १२ बुँदे कडा निर्देशन

अध्यादेश दल फुटाउन वा विपक्षी थुन्न होइन, सुधारका लागि हो : रास्वपा

सरकारले राष्ट्रपति कार्यालय पठायो थप तीन अध्यादेश

सरकारले फेरि बढायो गाडी भाडा, अब कति पुग्यो ?

बैँकले खातावालालाई नै उपस्थित गराउन भनेपछि बहिनीको कङ्काल लिएर पुगे दाजु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com