ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जुवातास खेलिरहेका नौ जना पक्राउ, एक व्यक्ति मृत फेला


admin

काठमाडौं, १२ पुस ।  काठमाडौँको बूढानीलकण्ठस्थित जस्ताको टहरोभित्र आज एक व्यक्ति मृत भेटिएका छन् ।

बूढानीलकण्ठ नगरपालिका–७ च्यासिङ्टोलस्थित जस्ताको टहरोमा बस्दै आएका खोटाङका ४० वर्षीय कर्ण राई आज बिहान मृतावस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यता काठमाडौँ महानगरपालिका–२६ मित्रनगर बबालीचोकस्थित टहरामा जुवातास खेल्दै गरेको अवस्थामा नौ जना पक्राउ परेका छन् । स्थानीय रविन थापाले सञ्चालन गरेको सिन्धुलीगढी मासु पसलमा अवैधरुपमा जुवातास खेलिरहेको अवस्थामा थापासहित नौ जनालाई गए राति पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नगद रु ८४ हजार ३५० समेत बरामद गरिएको छ ।

लागुऔषध नियन्त्रणसम्बन्धी कार्यशाला 

समुदाय–प्रहरी साझेदारी अवधारणाको प्रहरी विद्यालय सम्पर्क कार्यक्रमअन्तर्गत साइबर सुरक्षा र लागुऔषध विषयमा प्रहरी प्रधान कार्यालयमा आज प्रशिक्षकका लागि कार्यशाला आयोजना गरिएको छ ।

सो क्रममा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले अपराध नियन्त्रण तथा अनुसन्धान, समाजमा शान्ति सुरक्षा कायम गर्ने नेपाल प्रहरीको उद्देश्य रहेको उल्लेख गर्दै समाजको सहयोगबाट नै प्रहरीले आफ्नो उद्देश्य प्राप्त गर्न सक्ने बताउनुभयो ।

उहाँले कानूनको कार्यान्वयनसँगै समुदायको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहेकाले प्रहरीले समुदायसँग हातेमालो गर्दै अगाडि बढेको उल्लेख गर्नुभयो ।

सामाजिक विकृति, मादक पदार्थ सेवन, सामाजिक सञ्जाल दुरुपयोगले गर्दा आपराधिक गतिविधि बढ्दै गएको चर्चा गर्दै उहाँले यस्ता अपराध न्यूनीकरण गर्न समुदाय लक्षित जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको उल्लेख गर्नुभयो । प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवरले कार्यक्रमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com