ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीरता जेसीजलाई देशभरकै ‘सर्वोत्कृष्ट शाखा’सहित दुई पुरस्कार


admin


बिर्तामोड, ११ पुस । झापाको बिर्तामोड–१ स्थित वीरता जेसीज देशभरका शाखाहरु मध्ये सर्वोत्कृष्ट शाखा पुरस्कारबाट पुरस्कृत भएको छ ।
सन् २०१८ मा वीरता जेसीजले युवाको व्यक्तित्व, नेतृत्व विकास तथा समुदाय र अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याइएको योगदानको मूल्यांकन गरी नेपाल जेसीजले सर्वोत्कृष्ट शाखा घोषणा गरेको हो ।

नेपाल जेसीजको ४५औं राष्ट्रिय महाधिवेशनमा राष्ट्रिय अध्यक्ष श्रीधर वस्यालले सर्वोत्कृष्ट शाखाको पुरस्कार वीरता जेसीजलाई प्रदान गरेका हुन् । वीरता जेसीजका अध्यक्ष एकराज गिरीसहित सन् २०१८ बोर्डका पदाधिकारीले संयुक्तरुपमा सम्मानपत्र ग्रहण गरेका थिए ।

त्यस्तै वीरता जेसीज यस वर्ष अन्य संस्था र निकायसँग सहकार्य गर्नेमा पनि देशभरकै उत्कृष्ट शाखाको रुपमा पुरस्कृत भएको छ । राष्ट्रिय अध्यक्ष वस्यालले उक्त समारोहमा वीरता जेसीजका अध्यक्ष गिरीलाई ‘जेसीआई स्ट्राटेजी एचिभमेन्ट अवार्ड इन टपिक कोलाब्रेट’ को पुरस्कार प्रदान गरेका हुन् ।

देशभरका एक सय ४१ जेसीज शाखाहरुमध्ये वीरता जेसीजले सर्वोत्कृष्ट शाखासहित समाजका अन्य पक्षसँग सहकार्य गर्नेमा समेत उत्कृष्ट शाखाको पुरस्कार पाएको हो । जनकपुर जेसीजको आतिथ्यमा यही पुस ७ देखि १० गतेसम्म भएको नेपाल जेसीजको महाधिवेशनमा उक्त पुरस्कार प्रदान गरिएको थियो ।

यसअघि वीरता जेसीजले सन् २०१८ को फेबु्रअरी, अप्रिल, मे र जुन महिनाको लागि जेसी अफ द मन्थको अवार्ड समेत प्राप्त गरेको थियो । त्यस्तै सुरुङ्गा जेसीजको आतिथ्यमा सम्पन्न नेपाल जेसीजको क्षेत्र क सम्मेलनमा समेत उत्कृष्ट शाखाको रुपमा वीरता जेसीज पुरस्कृत भएको थियो ।

वीरता जेसीजले यस वर्ष व्यक्तित्व विकास तथा समुदायमा योगदान पुग्ने गरी ८० वटाभन्दा बढी कार्यक्रम सम्पन्न गरेको थियो । ती कार्यक्रमलाई नेपाल जेसीजले सबैभन्दा उत्कृष्ट गतिविधिको रुपमा मूल्यांकन गरेको बताइएको छ । अध्यक्ष गिरीले संस्थाको मूल्यांकन गरी सर्वोत्कृष्ट शाखाको रुपमा पुरस्कृत गरेकोमा राष्ट्रिय अध्यक्ष वस्याल, निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष विकास मानन्धर, निरुपित राष्ट्रिय उपाध्यक्ष रश्मी निरौला लगायत नेपाल जेसीज बोर्डप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

त्यस्तै अध्यक्ष गिरीले यो सफलताका निम्ति योगदान गर्ने वीरता जेसीजका संस्थापक तथा पूर्व अध्यक्षहरु, सन् २०१८ को बोर्ड, संयोजक तथा सदस्यहरु, सहकार्य गर्ने र सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेका छन् ।

वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेत, दीर्घकालीन योजना सभापति राजकुमार पोखरेल, पूर्व अध्यक्ष तथा जेसीज पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष विनोद बस्नेत लगायतले देशभरकै सर्वोत्कृष्ट शाखाको रुपमा पुरस्कृत भएकोमा जेसीज जीवनकै खुशीको क्षण अनुभूति भएको बताएका छन् ।

जेसीज जीवनको सर्वाधिक खुशीको वर्ष समेत वर्ष २०१८ भएको उनीहरुको प्रतिक्रिया छ । राष्ट्रिय अध्यक्ष वस्यालले महाधिवेशनमा वीरता जेसीजले यस वर्ष गरेका नयाँ र रचनात्मक कार्यसँगै क्रियाशिलताको प्रशंसा गरेका थिए ।

उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव लगायतका अतिथि तथा देशभरका जेसीज शाखाहरुलाई वीरता जेसीजका शाखा सम्पादक तुलसीप्रसाद निरौलाले ‘हाम्रो आस्था’ स्मारिका प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com