वीरगन्ज, ४ असोज । सबै राजनीतिक दलले प्रतिष्ठाको महानगरको रुपमा लिएको वीरगन्ज महानगरमा राजपाको अग्रता कायमै छ ।
पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय जनता पार्टीले १५ सय ८१ मत सहित अग्रता लिएको छ । त्यस्तै, मुख्य प्रतिपर्घी दल नेपाली कांग्रेसले भने ११ सय ७८ मत पाएको छ । त्यस्तै, तेस्रो स्थानमा रहेको संघीय समाजवादी फोरमले ६५२ मत पाएको छ भने नेकपा एमालेले ५९५ मत मात्र प्राप्त गरेको छ । नेकपा माओवदीका उम्मेदवारले भने अहिलेसम्म ४८० मत पाएका छन् ।








प्रतिक्रिया दिनुहोस्