ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महासङ्घको विधान अधिवेशन पोखरामा हुने


admin

काठमाडौं,९ पुस । नेपाल पत्रकार महासङ्घको साधारणसभा तथा विधान अधिवेशन आगामी फागुन ९ र १० पोखरामा हुने भएको छ ।

महासङ्का सचिव रामप्रसाद दाहालका अनुसार पोखरामा केन्द्रीय साधारणसभा तथा विधान अधिवेशन आयोजना गर्ने र त्यसका लागि अध्यक्ष गोविन्द आचार्यको संयोजकत्वमा केन्द्रीय समिति, गण्डकी प्रदेश समितिका पदाधिकारी, गण्डकी प्रदेशका शाखा अध्यक्षहरु रहेको मूल आयोजक समिति गठन गरिएको छ ।

महासङ्घ बैठकले विराटनगरमा सम्पन्न प्रदेश अध्यक्ष-महासचिव र शाखा अध्यक्षको राष्ट्रिय सम्मेलनको समीक्षा गर्दै सम्मेलनले महासङ्घलाई प्रत्यक्ष निर्वाचन प्रणलीमा लैजान दिएको निर्देशनसहितका मार्ग निर्देशनलाई पूरा गर्न उपाध्यक्ष विपुल पोखरेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको छ ।

बैठकले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन र समानुपातिक विज्ञापन नीति कार्यान्वयन गराउन सशक्त आन्दोलन गर्ने निर्णय गर्दै सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराएको छ ।

महासङ्घले मुलुकी फौजदारी, गोपनीयताको हकसम्बन्धी कानून र विद्युतीय कारोवारसम्बन्धी ऐनमा रहेका प्रेस स्वतन्त्रताविरोधी प्रावधान तत्काल संशोधन गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध उपभोग गर्ने कानूनी वातावरण तयार पार्न सरकारसँग माग गरेको छ ।

महासङ्घले सङ्घ, प्रदेश र स्थानीय तहमा निर्माण भइरहेको समाचारसम्बन्धी कानून प्रेस स्वतन्त्रतालाई कुण्ठित नहुने गरी निर्माण गर्न आह्वान गर्दै सातवटै प्रदेशमा प्रेस स्वतन्त्रता संरक्षण मिसन पठाउने निर्णय गरेको सचिव दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com