ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाङ बस दुर्घटना : घाइतेको ट्रमा सेन्टरमा उपचार हुँदै


admin
पुस ९, २०७५ सोमबार  ७ : ०३ बजे

 

काठमाडौं,९ पुस । शुक्रबार दाङको तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा भएको दुर्घटनाका घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइतेमध्ये १२ जनालाई शनिवार यहाँ ल्याइएको थियो । उनीहरुमध्ये पनि छ जना फर्किएको र छ जनाको उपचार भइरहेको प्रदेश–५ का मुख्यमन्त्री शङ्कर पोखरेलका प्रमुख स्वकीय सचिव सरोज रेग्मीले जानकारी दिनुभयो ।

तीन जनाको आकस्मिक उपचार कक्षमा उपचार भइरहेको छ । दुई जनाको आज शल्यक्रिया भएको छ । एक जना अझै होसमा आइनसकेको उहाँले बताउनुभयो । प्रदेश ५ का मुख्यमन्त्री पोखरेलले घाइतेको अवस्था बुझ्नका लागि आज काठमाडौँ आउनुभएको रेग्मीले जानकारी दिनुभयो । उपचार खर्च नेपाल सरकारले गरिरहेको बताइएको छ ।

कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयका शिक्षक तथा विद्यार्थी चढेको गाडी शुक्रबार दुर्घटना भएको थियो । सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको बा४ख ९७६६ नंको बस तुलसीपुर–सल्यान सडकखण्डमा ४ बजे दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा १४ जना घाइते भएका थिए । घाइतेको प्रारम्भिक उपचार राप्ती अञ्चल अस्पताल तुलसीपुरमा भएको थियो । थप उपचारका लागि घाइतेलाई नेपालगञ्ज हुँदै काठमाडौँ ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

सम्बन्धित

बैतडीमा एक महिना अवधिमा ३ निर्वाचन प्रहरीको मृत्यु

कांग्रेस सभापति थापाले सार्वजनिक गरे सर्लाही ४ का लागि आफ्नो प्रतिज्ञा पत्र (पूर्णपाठ)

सामाजिक सञ्जालमा भ्रम नछरी अनुसन्धानमा आउन तुलसालाई प्रहरीको अनुरोध

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

दोलखामा शिव भण्डारीसहितका नेताहरु एमालेमा समाहित, गुरुङलाई फराकिलो जीतका लागि सहज

कार्की आयोगको प्रतिवेदन चुनावपछि मात्रै, १० हजार भिडिओबाट सयौँको पहिचान, आगजनीमा संलग्न ९ व्यक्ति प्रतिनिधिसभाका उम्मेदवार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com