ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठ तस्कर गर्ने २ जना अटोसहित पक्राउ


admin
पुस ८, २०७५ आईतबार  ८ : ०० बजे


चितवन, ८ पुस । सामुदायीक वनमा काठ तस्कर गर्ने २ जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका वर्डा नम्बर ११ मा रहेको नवजागृती सामुदायीक वनमा मध्यरात साँढे एक बजे काठ तस्कर गर्ने कालिका नगरपालिका गौरीगाँउका विवेक तामाङ र सगुन टोलका किसान तामाङलाई प्रहरीले अटो सहित पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट करिब ३ क्यूफिट सालको काठ र काठ तस्करीमा प्रयोग भएको ना.१.ह. ५१६८ नम्वरको अटोलाइ समेत नियन्त्रणमा लिइएको जनाएको छ ।

खगेरी खोलाबाट २ सय मिटर पश्चिमतर्फ नवजागृती वनको संरक्षित वनमा काठ तस्कर गर्दै गर्दा सामुदायीक वनको गस्ती टोली र जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

तस्कर भएको ठाँउबाट करिब ९० क्यूफिट सालको काठ हराएको नवजागृती सामुदायीक वनका अध्यक्ष पुस्तक गौतमले जानकारी दिए । वनमा काठ तस्करको ठुलै जालो फैलिएको भन्दै त्यसलाई निस्तेज पार्न निरन्तर निगरानी गरिरहेको उनले बताए ।

काठ तस्करीमा संलग्नलाई वन ऐन २०४९ र नियमावली २०५१ बमोजिम कारवाही हुने जिल्ला वन कार्यालय चितवनका निमित्त डिभिजन वन अधिकृत कृष्ण पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

सम्बन्धित

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना

बैतडीमा एक महिना अवधिमा ३ निर्वाचन प्रहरीको मृत्यु

कांग्रेस सभापति थापाले सार्वजनिक गरे सर्लाही ४ का लागि आफ्नो प्रतिज्ञा पत्र (पूर्णपाठ)

सामाजिक सञ्जालमा भ्रम नछरी अनुसन्धानमा आउन तुलसालाई प्रहरीको अनुरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com