ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ युवती लुट्ने तीन जना पक्राउ


admin
पुस ८, २०७५ आईतबार  ७ : ३७ बजे

काठमाडौं,८ पुस । महानगरीय प्रहरी वृत्त बौद्धले चिनियाँ नागरिक लुट्ने तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा सङ्खुवासभा घर भई बूढानीलकण्ठ नगरपालिका गणेश मन्दिरसँगै बस्ने २० वर्षीय सुमन तामाङ, रौतहट घर भई हाल बूढानीलकण्ठ बस्ने २८ वर्षीय विशाल मगर र सिन्धुपाल्चोक घर भई बूढानीलकण्ठ बसोबास गर्ने १९ वर्षीय नवराज सापकोटा रहेको बौद्धका प्रहरी निरीक्षक रेशम आचार्यले जानकारी दिनुभयो ।

उनीहरुले गत मङ्सिर २८ गते चिनियाँ युवती एङ्की लिलाई स्नूकर खेल्ने स्टिकले टाउकोमा प्रहार गरी आइफोन लुटेका थिए । “एक हप्ता लामो अनुसन्धानपछि लुटेरा समात्न सफल भयौँ,” उहाँले भन्नुभयो ।

महङ्कालस्थित जनकल्याण माविमा रहेको सिसी क्यामराको सहयोगमा लुटेरा पक्राउ गरिएको प्रहरी निरीक्षक आचार्यले बताउनुभयो । चिनियाँ नागरिक लिको टाउकोमा ३० टाँका लगाउनुपरेको थियो भने दायाँ हातको चार औँला भाँचिएको थियो । अनुसन्धानका क्रममा प्रहरीले ४८ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

सम्बन्धित

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना

बैतडीमा एक महिना अवधिमा ३ निर्वाचन प्रहरीको मृत्यु

कांग्रेस सभापति थापाले सार्वजनिक गरे सर्लाही ४ का लागि आफ्नो प्रतिज्ञा पत्र (पूर्णपाठ)

सामाजिक सञ्जालमा भ्रम नछरी अनुसन्धानमा आउन तुलसालाई प्रहरीको अनुरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com