ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमा सिसी क्यामराबाट निगरानी बढाइँदै


admin

काठमाडौं,८ पुस । स्थानीय तहसँगको समन्वय तथा नेपाल प्रहरीको आफ्नै स्रोत परिचालन गरी काठमाडौँ उपत्यकामा निगरानी बढाउन थप सिसी टिभी क्यामरा जडानका लागि प्रहरीले आवश्यक प्रक्रिया थालेको छ ।
सरकारी योजनाअनुसार क्यामरा जोड्न महानगरीय प्रहरी कार्यालय काठमाडौँले संवेदनशील क्षेत्रको पहिचान गर्ने काम थालेको हो । स्थान पहिचानलगत्तै आन्तरिक स्रोतबाट ठेक्का आह्वान गरी पहिलो चरणमा ७५ स्थानमा क्यामरा जडान गर्ने तयारी गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो ।

क्यामरा जडानमा स्थानीय तहलेसमेत उच्च प्राथमिकता दिँदै आएका छन् । केही महीनाअघि गृहमन्त्री रामबहादुर थापाकै उपस्थितिमा प्रहरी उच्च अधिकारीसँग भएको छलफलमा समेत उपत्यकाको स्थानीय तहका प्रमुखले सिसी क्यामरा जडानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै आवश्यक खर्चको जोहो गर्न तयार रहेको प्रतिबद्धता जनाएका थिए ।

क्यामरा राख्ने कामको गति भने सुस्तरुपमा अगाडि बढिरहेको छ । यद्यपि काम तीव्ररुपमा अघि बढेको प्रहरीको भनाइ छ । “उपत्यकाका तीनै जिल्लाका आवश्यक क्षेत्रलाई सिसीबाट निगरानी गर्ने योजना हो, तर एकैचोटी सकिन्न, विस्तारै प्राथमिकताका आधारमा क्यामरा राख्दै जान्छौँ”, थापाले भन्नुभयो, “केही प्रहरीकै स्रोत परिचालन हुन्छ, अन्य स्थानीय तहको समन्वयमा जडान गरिन्छ ।”

महानगरीय प्रहरी कार्यालय काठमाडौँले तीनै जिल्लाका संवेदनशील क्षेत्र पहिचान गरेर कति सिसी टिभी क्यामरा चाहिने हो त्यसको विवरण पठाउन महानगरीय ट्राफिक प्रहरी महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौँ, ललितपुर र भक्तपुरमा पत्राचारसमेत गरिसकेको छ ।

विवरण आएपछि प्राथमिकताका आधारमा क्यामरा जडान हुने कार्यालयका प्रवक्ता पूजा सिंहले जानकारी दिनुभयो । हाल काठमाडौँ उपत्यकामा ४६० को हाराहारीमा क्यामरा प्रयोग भइरहेको छ । काठमाडौँमा मात्रै ४०२ क्यामरा प्रयोगमा छ । भक्तपुरमा ३४ र ललितपुरमा २४ क्यामरा प्रयोगमा छन् ।

“जनघनत्व बढिरहेका बेला उपत्यकामा यति क्यामरा अत्यन्त न्यून हो, त्यही पनि दैनिक बिग्रिने र मर्मत गर्नेक्रम चलिरहेकै हुन्छ, त्यसैले थप क्यामरा आवश्यक हुन्छ हामी त्यसैको प्रक्रियामा छौँ”, प्रवक्ता सिंहले भन्नुभयो ।

थप गर्न लागिएको क्यामरा कस्तो खालको चाहिने, कति जिबीको आवश्यक पर्छ भनेर प्रहरी प्रधान कार्यालयसँग माग गरेको बताउँदै सिंहले त्यहाँबाट इञ्जिनीयरले दिएको सुझावका आधारमा क्यामरा खरीद गरिने जानकारी दिनुभयो । क्यामरा जोड्न स्थान छनोटका लागि गठन भएको समितिले अहिले आवश्यक काम गरिरहेको छ ।

मुख्यतः सिसी क्यामराको निगरानी महानगरीय प्रहरी कार्यालय काठमाडौँले गरिरहेको छ । विभिन्न क्षेत्रमा सञ्चार नेटवर्कसँग जोडेर नियन्त्रण कक्षबाट क्यामराको निगरानी हुँदै आएको छ । यसका लागि ७२ वटा कन्ट्रोल रुप भेइकल (सिआरभी) को समेत प्रयोग गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रहरी नायब महानिरीक्षक थापाले जानकारी दिनुभयो ।

सिसी क्यामराकै कारण धेरै आपराधिक गतिविधिको निगरानी तथा अपराधमा संलग्न व्यक्ति पक्राउ परेका उदाहरण छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराज सापकोटाले पत्र आइपुगेकाले क्षेत्र पहिचान गरेर पेश गर्ने तयारी गरिएको बताउनुभयो ।

सवारी दुर्घटना गराएर फरार भएका चालक पक्रन र अदालतमा प्रमाण पेश गर्नसमेत प्रहरीका लागि सिसी क्यामराले ठूलो सहयोग गर्ने गरेको छ । तर आवश्यकमात्रामा क्यामरा नहुँदा भने घटनाको अनुसन्धानमा समस्या भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com