ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनसरीमा खुम्बुवान र तराईमुक्ति मोर्चाले बुझाए हतियार


admin

इनरुवा, ७ पुस । सुनसरी सदरमुकाम इनरुवामा आज खुम्बुवान मुक्तिमोर्चा (संयुक्त) ले नेपाल सरकारलाई आफूसँग रहेको हतियार बुझाएको छ ।

खुम्बुवान मुक्तिमोर्चा (संयुक्त) र नेपाल सरकारका वार्ता टोली संयोजक सोमप्रसाद पाण्डेबीच वार्ता सकारात्मक भएपछि सरकारका वार्ता टोली संयोजक पाण्डेलाई हतियार बुझाएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीमा मोर्चाका वार्ता टोली संयोजक डेविड खुम्बुले हतियार बुझाएको हो ।

कार्यक्रममा मोर्चाले एक थान मास्केट, चार थान भरुवा बन्दुक, एक थान पेस्तोल र भरुवा बन्दुकमा लाग्ने गोली र चार थान पेस्तोलमा लाग्ने गोली बुझाएको नेपाल सरकारका वार्ता टोलीका सदस्य सुरेश आलेमगरले जानकारी दिनुभयो ।

नेपाल सरकारलाई हतियार बुझाएपछि मोर्चाका वार्ता टोली संयोजक खुम्बुले आफू शान्तिपूर्ण राजनीतिकमा आएको बताउनुभयो ।
त्यसैगरी आजै सदरमुकाम इनरुवामा जनतान्त्रिक तराई मुक्तिमोर्चा (विवेक समूह) ले पनि हतियार बुझाएको छ ।

नेपाल सरकारका वार्ता टोली संयोजक सोमप्रसाद पाण्डेलाई हतियार बुझाएको सरकारका वार्ता टोली सदस्य लीला भण्डारीले जानकारी दिनुभयो ।

जनतान्त्रिक तराई मुक्ति मोर्चा (विवेक समूह) का वार्ता टोली संयोजक विनोदकुमार यादव भन्ने विवेक यादवले एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई थान गोली सरकारका वार्ता टोली संयोजक पाण्डेलाई बुझाएका हुन् ।

हतियार बुझाउने कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख राजन अधिकारी, सशस्त्र प्रहरी सुनसरीका प्रमुख सुरेशकुमार श्रेष्ठ, नेपाली सेनाका घनश्याम भट्टराई, राष्ट्रिय अनुसन्धान आयोग सुनसरीका प्रमुख टीकाप्रसाद पोखरेललगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com