ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


admin

रारा, ७ पुस । मुगु जिल्ला सोरु गाउँपालिका तारापानी बजारबाट सदरमुकाम गमगढीतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आज बिहान ९ बजे छायाँनाथ रारा नगरपालिका–३ बाम्धारा भन्ने ठाउँमा भे ८ प ७०७८ नम्बरको मोटरसाइकल सडकभन्दा करीब ७०० मिटर तल खस्दा चालक छायाँनाथ रारा नगरपालिका–७ टोप्ला घर भएका अन्दाजी ३२ वर्षीय नवराज शाहीको मृत्यु भएको अस्थायी ट्राफिक कार्यालय गमगढीका प्रहरी नायब निरीक्षक कलकबहादुर शाहीले जानकारी दिनुभयो ।
घटनास्थल जिल्ला सदरमुकामबाट ४० मिनेट सडक यातायात दूरीमा रहेको छ । मोटरसाइकल धेरै माथिबाट खसेकाले घटनास्थलमै चालकको मृत्यु भएको प्रहरीले बताएको छ ।

ग्रामीण पहुँच कार्यक्रमको आर्थिक लगानीमा निर्माण भएको गमगढी तारापानी २१ किमी यो सडक गत साउनदेखि सञ्चालनमा आएको थियो सञ्चालनमा आएको चार महीनामा यो सडकमा भएका चार दुर्घटनामा तीनले ज्यान गुमाएका छन् ।

बाटो राम्रो भए पनि मुगु कर्णालीको तिरैतिर भिर बाटो भएर जाने बाटोको छेउमा सुरक्षित बारको आवश्यता महसुस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com