ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णाली प्रदेशमा विकास खर्च बढाउँछौँ : मन्त्री ज्वाला


admin
पुस ६, २०७५ शुक्रबार  ७ : २७ बजे

वीरेन्द्रनगर, ६ पुस । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले विकास खर्च हुने गरी काम अघि बढेको बताउनुभएको छ ।
मन्त्री ज्वालाले आवश्यक कानून र कर्मचारीको अभावका कारण विकास खर्च हुन नसकेको भन्दै त्यसको खर्चको लागि प्रक्रिया अगाडि बढाएको बताउनुभयो । यसको लागि बोलपत्र प्रक्रिया अगाडि बढाउनेदेखि समिति गठनजस्ता काम अगाडि बढाउने गरी योजना बनाएको बताउनुभयो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले आज वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा मन्त्री ज्वालाले भन्नुभयो, “यसपटक पहिलो वर्ष भएकाले पनि सोचेजस्तो खर्च भएको छैन, अब विकास खर्च गर्ने गरी काम गर्छाैं ।”

त्यसैगरी प्रदेश सरकारले वैदेशिक सहयोग जुटाउनको लागि तत्पर रहेको बताउनुभयो । उहाँले कर्णाली प्रदेशमा लगानीमैत्री वातावरणको लागि सरकार लागिपरेको उल्लेख गर्नुभयो ।

सङ्घीय सरकार कर्णालीमैत्री भएमा यस प्रदेशमा विकास निर्माणका काम अगाडि बढाउन सहज हुने ज्वालाको भनाइ थियो । कार्यक्रममा मन्त्रालयका सचिव ढुण्डीप्रसाद निरौलाले मन्त्रालयले हालसम्म रु दुई अर्ब ५० करोड ८३ लाख खर्च भएको जानकारी दिनुभयो जसमध्ये आकस्मिक कोषमा दुई अर्ब र प्रदेशका सबै स्थानीय तहमा २० करोड रहेको छ ।

अख्तियारीमार्फत रु ३० करोड ८३ लाख खर्च भएको उहाँले बताउनुभयो । यसरी हेर्दा अहिलेसम्म ११ प्रतिशत प्रगति भएको मन्त्रालयका सचिव निरौलाको भनाइ थियो ।

कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका सदस्य दीपेन्द्र रोकायले विकास निर्माणमा गाँठा फुकाउने काम भइरहेको बताउनुभयो । यस प्रदेशलाई ‘प्रोजेक्ट’ बैंकका रुपमा विकास गरिने उहाँको भनाइ थियो ।

आयोगका सदस्य रोकायले कर्णाली प्रदेशलाई सडक, विद्युत्, एकीकृत बस्ती विकासजस्ता पूर्वाधार निर्माण तथा अर्गानिक प्रदेशको रुपका विकास गर्ने गरी काम अगाडि बढेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेश : राजनीतिक नियुक्तिको सफाया- के यो साँच्चै सुधार वा सत्ता स्वार्थको नयाँ खेल ?

रुपन्देहीमा बस दुर्घटना, दुई जनाको मृत्यु

सम्बन्धित

टहरो गुमाउँदा लुगा फेर्न र जुत्ता लगाउनसमेत नपाएको गुनासो

‘मालिक होइन, सेवक बनौँ’ — रास्वपा सांसदलाई रवि लामिछानेको १२ बुँदे कडा निर्देशन

अध्यादेश दल फुटाउन वा विपक्षी थुन्न होइन, सुधारका लागि हो : रास्वपा

सरकारले राष्ट्रपति कार्यालय पठायो थप तीन अध्यादेश

सरकारले फेरि बढायो गाडी भाडा, अब कति पुग्यो ?

बैँकले खातावालालाई नै उपस्थित गराउन भनेपछि बहिनीको कङ्काल लिएर पुगे दाजु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com