ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिउँसै बत्ती बालेर पढाउनुपर्ने बाध्यताबाट छुटकारा पाउँदै


admin

काभ्रेपलाञ्चोक, ५ पुस । पनौती नगरपालिका–७ स्थित पनौती आधारभूत विद्यालयमा नयाँ भवन बन्ने भएपछि शिक्षक र विद्यार्थी दिउँसै बत्ती बालेर पठनपाठन गर्नुुपर्ने बाध्यताबाट छुटकारा पाउने भएका छन् ।

पाठशालाको नामबाट चर्चित उक्त विद्यालयको स्थापना १९७२ सालमा भएको थियो । शताब्दी पुरानो सो विद्यालयले आन्तरिक पर्यटकको समेत ध्यान आकर्षित गरेको छ । विद्यालय पनौती क्षेत्रको पुरानो गल्लीभित्र रहेको छ ।

यो ठाउँबाट प्रसिद्ध मकर मेला हेर्न जाने स्थल ब्रह्मायणी क्षेत्र नजिकै पवर्छ । यहाँ पुग्ने जोकोहीले पनि विद्यालयको अवलोकन गर्ने गरेका छन् । सो विद्यालयमा शिशु कक्षादेखि कक्षा ८ सम्म पठनपाठन गरिँदै आएको छ ।

नयाँ भवन निर्माणपछि पठनपाठनमा निकै सहजता आउने विद्यालयका प्रधानाध्यापक लक्ष्मीकृष्ण ताम्राकारले बताउनुभयो । उहाँले भन्नुभयो, “कक्षाकोठा निकै साँघुरा छन्, कष्टकररुपमा विद्यार्थीलाई पढाइरहेका छौँ ।” विद्यार्थी सङ्ख्या अत्यधिक भए पनि भौतिक पूर्वाधारको अभावमा २०४५ सालमा निर्मित पुरानै भवनमा पढाउन बाध्य भएको उहाँको भनाइ छ ।

नगरपालिकासँग समन्वय गरी भवन निर्माणका लागि बजेटको माग गरेको ताम्राकारले बताउनुभयो । पनौतीको इतिहास बोकेको सो विद्यालयलाई नमूना बनाउन पनौती नगरपालिकाले समेत सहयोग गर्ने नगर प्रमुख भीम न्यौपाने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विद्यालयलाई सहयोग गर्न नगरपालिका सधैँ तयार छ ।”

पिस इन्टरनेशल ट्राभल एण्ड टुर्सको रु तीन करोड तीस लाखको सहयोगमा उक्त विद्यालयको भवन निर्माण भइरहेको छ । मङ्सिर २८ गते सो भवनको शिलान्यास गरिएको हो ।

विद्यालयको जीर्ण पूर्वाधार देखेर सहयोग गरेको पिस इन्टरनेशनलका सर्वोत्तम श्रेष्ठले बताउनुभयो । “नगरपालिकालगायतको सहयोगले काम गर्न हौसला मिलेको छ” उहाँले भन्नुभयो । भवन निर्माण दुई वर्षभित्र सम्पन्न गरिने श्रेष्ठले बताउनुभयो ।

विद्यालयमा भौतिक पूर्वाधारको मात्र अभाव छैन, विद्यार्थीका लागि खेल्ने ठाउँको समेत अभाव छ । विद्यार्थी सडकमा खेल्न बाध्य छन् । हाल विद्यालयमा २४१ विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com