वीरगन्ज, २ असोज । तेस्रो चरणमा निर्वाचन भएको दुई नम्बर प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जमा दुई सय मत गणना गर्दा राष्ट्रिय जनता पार्टीले अग्रता लिएको छ ।
राजपाका मेयरका उम्मेदवार राजेशमान सिंहले ८१ मत पाएका छन् भने यसपछि नेपाली कांग्रेसमा उम्मेदवार अजय द्विवेदीले ४० मत मात्र प्राप्त गरेका छन् । यस्तै, संघीय समाजवादी फोरमका विजय सरावगीले २५ मत प्राप्त गरेका छन् । लोकतान्त्रिक फोरमका विमल श्रीवास्तवले भने १७ मत ल्याएका छन् । त्यस्तै, माओवादी केन्द्रका उम्मेदवार रहबर अन्सारीले भने १३ मत मात्र प्राप्त गरेका छन् । यस्तै, एमालेका बसरुद्धिन अन्सारीले पनि ८ मत प्राप्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्