ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ऐतिहासिक साततले दरबारको पुनर्निर्माण चैतदेखि


admin
पुस १, २०७५ आईतबार  ८ : ४२ बजे

विदुर,१ पुस । नुवाकोटको ऐतिहासिक साततले दरबार पुनःनिर्माण यही वर्ष चैतदेखि शुरु हुने भएको छ ।

रााष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले साततले दरबारको आज अवलोकन गर्दै चीन सरकारसँग दरबार पुनर्निर्माणका लागि सम्झौता भइसकेको र वर्षको अन्त्यदेखि नै दरबारको पुनर्निर्माण हुने जानकारी दिनुभयो ।

भूकम्पले पूर्ण क्षति पु¥याएकोे दरबार पुरातत्व विभागअन्तर्गत रहने गरी चिनियाँ टोलीले पुनःनिर्माण गर्नेछ ।

भूकम्प गएको करीब साढे तीन वर्ष बित्दासमेत दरबार निर्माणका लागि सरकार उदासीन भएको स्थानीय बासिन्दाले आरोप लगाइरहँदा ज्ञवालीले दरबार पुनःनिर्माण अब छिट्टै शुरु हुने बताउनुभयो । ज्ञवालीले चीन सरकारको नयाँ वर्ष शुरु भएकाले दरबार पुनःनिर्माणमा ढिलाइ भएको स्पष्ट गर्नुभयो ।

दरबार पुनर्निर्माणमा ढिला भएको भन्दै विदुर नगरपालिका वडा नं २ का वडाध्यक्ष वीरेन्द्र शाहीले दुखेसो पोख्दै देशको पहिचानका रुपमा रहेको दरबार छिट्टै पुनर्निर्माणण गरिदिन पहल गर्नुपर्ने बताउनुभयो । दरबारको समयमै निर्माण हुन नसक्दा इतिहास मेटिने अवस्था आएको शाहीको भनाइ थियो ।

चीन सरकारले दरबार पुनर्निर्माणका लागि आन्तरिक तयारी शुरु गरिसकेको र ठेकेदार छनोट प्रक्रियामा रहेको जनाइएको छ ।

पहिलो चरणमा साततले दरबार र त्यसपछि तलेजु भवानीको मन्दिर, रङ्गमहल, लामपाटी र सेतोपाटी निर्माण गर्ने गरी सम्झौता भइसकेको ज्ञवालीले बताउनुभयो ।

विदुर–२ स्थित सो दरबारको पश्चिमको पाँचौँ तलाको छाना भत्केर दिनहुँ झिँगटी, इँटा र कलात्मक काठ खसिरहेका छन् ।

तिनको संरक्षण गर्न र चोरी हुन नदिन दरबार परिसरमा रहेको श्रीनाथ गणको नेपाली सेना लागिपरेको छ । दरबार समयमा नै पुनःनिर्माण हुन नसक्दा गारो चिरा पर्न थालेको छ । तलबाट टेको दिएर बाँसले अड्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेश विवाद चर्कियो: राष्ट्रपति परामर्शमा, विपक्ष आक्रामक

एकमुष्ट खारेजीको तयारी: १२०० भन्दा बढी राजनीतिक नियुक्ति हटाइने

सम्बन्धित

नेपाल एयरलाइन्सले भारतको भूभागलाई पाकिस्तानमा राखेपछि आलोचना, माफी माग्दै हटायो नक्सा

रुकुम पुगेर प्रचण्डले भने–संसद छलेर अध्यादेश ल्याउनु लोकतन्त्रको खिलाफ

एकमुष्ट खारेजीको तयारी: १२०० भन्दा बढी राजनीतिक नियुक्ति हटाइने

राष्ट्रपतिले आज अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्दै

टहरो गुमाउँदा लुगा फेर्न र जुत्ता लगाउनसमेत नपाएको गुनासो

‘मालिक होइन, सेवक बनौँ’ — रास्वपा सांसदलाई रवि लामिछानेको १२ बुँदे कडा निर्देशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com