
दाङ,१ पुस । दाङमा बस र मोटरसाईकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
लमही नगरपालिका ६ कुलमोड स्थित नेपालगन्ज देखि घोराही तर्फ आउँदै गरेको ना ४ ख ९५६६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको रा ३ प ९६०४ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा मोटरसाइकल चालक प्युठान सरुमैरानी गाउँपालिका प्यूठान बाङ्गेशाल निवासी ३० वर्षिय रेशम भुसालको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।
शवलाई पोष्मार्टमको लागि शव गृहमा राखिएको छ । बस चालक र मोटरसाइकल वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।








प्रतिक्रिया दिनुहोस्