ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साताको शेयर बजारः एक अर्ब ६३ करोडको कारोवार


admin
मंसिर २९, २०७५ शनिबार  ५ : २६ बजे

काठमाडौं,२९ मङसिर । धितोपत्र बजारमा यस साता रु एक अर्ब ६३ करोड ६३ लाख ३९ हजार ५६० मूल्य बराबरको शेयर किनबेच भएको छ ।

साताको पहिलो दिन एक हजार १३१ दशमलब शून्य सात विन्दुमा रहेको कारोवार मापक नेप्से परिसूचक १७ विन्दुले वृद्धि भई साताको अन्तिम दिन बिहीबारसम्म एक हजार १४८ दशमलब ७८ बिन्दुमा पुगेको छ । कारोवार रकम गत साताको भन्दा कम हो । गत साता रु दुई अर्ब २२ करोड ३५ लाख ६८ हजार २२६ बराबरको शेयर कारोवार भएको थियो ।

साताभर कूल १६४ कम्पनीको शेयर कारोवार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । स्टकका अनुसार आइतबार कारोवार मापक नेप्से परिसूचक १० दशमलब ८५ विन्दुले बढेर एक हजार १३१ दशमलब सात विन्दुमा पुग्यो । सो दिन कूल १५५ कम्पनीको सात लाख १४ हजार ६१८ कित्ता शेयर रु २२ करोड ३७ लाख २४ हजार ६८७ मूल्यमा खरीद बिक्री भयो ।

यस्तै सोमबार शेयरबजार १२ दशमलव ४९ विन्दुले वृद्धि भई एक हजार १४४ दशमलब १९ विन्दुमा पुग्दा १६३ कम्पनीको १२ लाख ६४ हजार ३४० कित्ता शेयर रु ४३ करोड ६७ लाख ५२ हजार ८५५ मूल्यमा खरीद बिक्री भए ।
आइतबार र सोमबार बढेको शेयरबजार मङ्गलबार भने तीन दशमलब शून्य आठ विन्दुले घटेर एक हजार १४१ दशमलव १० विन्दुमा झ¥यो । सो दिन कूल १६४ कम्पनीको १२ लाख ८६ हजार ५७५ कित्ता शेयर रु ३८ करोड ३२ लाख ९३ हजार १२० मूल्यमा खरीद बिक्री भए ।

बुधबार भने बजार स्थिर जस्तै रह्यो । कारोवार मापक नेप्से परिसूचक ०।०८ विन्दुले बढेर एक हजार १४१ दशमलब १८ विन्दुमा कायम रह्यो । कूल १५६ कम्पनीको आठ लाख ६५ हजार ७१९ कित्ता शेयर रु २६ करोड ८८ लाख १० हजार ८२४ मूल्यमा खरीद बिक्री भए ।

यस्तै साताको अन्तिम दिन बिहीबार कारोवार मापक नेप्से परिसूचक सात दशमलब छ विन्दुले बढेर एक हजार १४८ दशमलव ७८ विन्दुमा पुग्यो । सो दिन कूल १५४ कम्पनीको नौ लाख ९७ हजार ६७२ कित्ता शेयर रु ३२ करोड ३७ लाख ५८ हजार ७४ मूल्यमा खरिद बिक्री भए ।

शेयर बजारको सुधारको माग गर्दै शेयरलगानीकर्ताले आन्दोलन पनि जारी राखेका थिए । यद्यपि शुक्रबार सरकारले गठन गरेको कार्यदलले आन्दोलनरत पक्षलाई वार्तामा बोलायो र माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ नेतृत्वको कार्यदलले आगामी सोमबार प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेश विवाद चर्कियो: राष्ट्रपति परामर्शमा, विपक्ष आक्रामक

एकमुष्ट खारेजीको तयारी: १२०० भन्दा बढी राजनीतिक नियुक्ति हटाइने

सम्बन्धित

‘पहिले थुन्ने अनि सुन्ने’ प्रवृत्तिले लगानीकर्ता हतोत्साहित: निजी क्षेत्र

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

मुगलहरूले हाम्रा लागि के नै गरेका छन् र ? : इकोनोमिष्ट

एन्थ्रोपिकको पछिल्लो एआई मोडलबाट विश्वका बैंकहरू किन यति धेरै डराएका छन्?

प्रस्ट कुराहरूको आविष्कार किन ढिलो भयो ?

आर्थिक स्थितिपत्रको कडा संकेत: बजेट प्रणाली असफलताप्रति सरकार स्वयंको स्वीकारोक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com