ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शहीद स्मारक ‘ए’ डिभिजन फुटबल–पुलिसद्वारा फेन्डस क्लब पराजित


admin

काठमाडौं,२८ मङसिर। शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले फेन्डस क्लबलाई पराजित गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा पुलिसले फ्रेन्डसलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

पुलिसका लागि पहिलो गोल अभिषेक रिजालले गरे । उनले खेलको तेस्रो मिनेटमा नै रवि पासवान पासलाई सदुपयोग गर्दै गोल गरे । त्यस्तै खेलको पहिलो हाफको २०औँ मिनेटमा अर्का खेलाडी रवि पासवानले एक गोल थप्दै पुलिसको अग्रता दोब्बर बनाए । उनले हेम तामाङको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ।

खेलको पहिलो हाफसम्म २–० गोलअन्तरले अगाडि रहेको पुलिसले दोस्रो हाफमा तीन गोल थप्यो । खेलको ५९औँ मिनेटमा कप्तान भरत शाहले गोल गर्दै पुलिसको अग्रता तेब्बर बनाए । उनले रवि पासवानको पासमा गोल गरेका थिए ।

त्यसैगरी खेलको ६३औँ मिनेटमा पुलिसका तेज तामाङले गोल गरे भने खेलको ८७औँ मिनेटमा नीरकुमार राईले एक गोल थपेपछि पुलिसले फ्रेण्डसमाथि ५–० को सहज जित हात पा¥यो । जितसँगै आठ खेल खेलेको पुलिसले १४ अङ्क जोडेको छ भने समान खेल खेलेको फ्रेन्डसको पाँच अङ्क छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com